29.1 C
Kathmandu

श्रीले भित्र्यायो ८ औं जहाज, आक्रामक बजार विस्तार गर्दै तेस्रो ठूलो कम्पनी

काठमाडौं। श्री एयरलाइन्सले ८ औं जहाज नेपाल भित्र्याएको छ । यो जहाज कम्पनी आक्रामक बजार विस्तार गर्दै तेस्रो ठूलो कम्पनी बनिसकेको छ । कम्पनीसँग अब ८० सिट क्षमताको क्यू ४०० सिरिजको जहाज संख्या मात्र चार पुगेको छ।

नयाँ जहाज शुक्रबार बेलुकी ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो। श्रीले हाल बम्बार्डियरको सीआरजे(७०० सिरिज जहाजमार्फत अन्तर्राष्ट्रिय चार्टर उडान गर्दै आएको छ। अब भने कम्पनीले टर्बोप्रोप जहाजलाई पनि यस्ता उडानका लागि एओसीमा दर्ता गर्ने तयारीमा रहेको जनाएको छ।

आफ्नो व्यवसायिक योजना अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय उडान विस्तारका लागि क्यू ४०० सिरिजको जहाज संख्या वृद्धिलाई प्राथमिकता दिएको कम्पनीका प्रवक्ता अनिल मानन्धरले बताए। उनका अनुसार थप एउटा टर्बोप्रोप आउँदो अप्रिलभित्रै नेपाल ल्याउने तयारी छ।

जहाज विस्तारसँगै कम्पनीले सेवा दिँदै आएका गन्तव्यमा उडान संख्या विस्तार गर्नेछ। सँगै सुर्खेत र तुम्लिङटारमा सेवा सुरु गर्ने योजना रहेको उनले जानकारी दिए।

हाल कम्पनीले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, राजविराज, जनकपुर, पोखरा, सिमरा लगायतमा नियमित उडान गर्दै आएको छ।

श्रीले पाँचवटा टर्बोप्रोप जहाज थप्न अनुमतिका लागि आवेदन दिएको थियो। नागरिक उड्डयन मन्त्रालयको सुझाव अनुसार कम्पनीले सुरुमा तीनवटा जहाज विस्तार गर्न लागेको हो। यसपछि निकट भविष्यमा थप दुई जहाज ल्याउने योजना छ।

यो कम्पनी भारत, बंगलादेश, श्रीलंका लगायतका देशमा उडानको लक्ष्यसहित संचालनमा आएको हो। हाल यो कम्पनीले दुई जेट इन्जिनयुक्त सीआरजे २००, दुई सीआरजे ७०० र तीन प्रोपेलर इन्जिनयुक्त क्यु ४०० सिरिजका जहाजमार्फत उडान सेवा दिँदै आएको छ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार