26.1 C
Kathmandu

निगमको ह्याण्डलिङ्गलाई आठ वर्षदेखि आइसागोको प्रमाणिकरण, सेफ्टि अडिटमा पास

काठमाडौं । नेपाल वायुसेवा निगमको ह्याण्डलिङ्ग सेवावायुसेवा निगमको ह्याण्डलिङ्गलाई आठ वर्षदेखि आइसागोले प्रमाणिकरण गरिरहेको छ । निगमले दिइएको यो सेवालाई अन्तर्राष्ट्रिय गुणस्तरको मान्यदा दिँदै निरन्तरता पनि दिएको छ ।

निगमले यो सेवा आगामी दुई वर्षको लागि नवीकण पनि भएको छ । निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदान गर्दै आइरहेको अन्तर्राष्ट्रिय उडानका वायुसेवालाई दिँदै आएको ग्राउण्ड ह्याण्डलिङ्ग सेवाको गुणस्तर अन्तर्राष्ट्रिय हवाई हवाई यातायात संगठन (आयटा)को सेफ्टि अडिट फर ग्राउण्ड अपरेसन (आइसागो)बाट प्रमाणिकरणसमेत भएको छ ।

आइसागोबाट प्रमाणिकरण भएसँगै थप दुई वर्ष (५ मार्च, २०२६) सम्मको लागि ग्राउण्ड ह्याण्डलिङ्ग सेवा नवीकरण भएको निगमले जानकारी दिएको छ ।

आयटा आइसागोको नियमानुसार दुई–दुई वर्षमा गरिने अडिटको लागि आयटाका आधिकारिक अडिटर्सले अडिट गर्ने गरेको छन । उक्त अडिटले तोको सबै मापदण्ड पूरा गरेर निगमलाई ग्राउण्ड ह्याण्डलिङ्ग सेवा नवीकरणको प्रमाणपत्र पाएको हो ।

निगमको ग्राउण्ड ह्याण्डलिङ्ग सेवाका लागि सन् २०१६ अगष्ट २६ देखि आयटा आइसागो प्रमाणपत्र प्राप्त गरेको हो । निगमले हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्य वायुसेवाहरुको अन्तर्राष्ट्रिय उडानहरुमा ग्राउण्ड ह्याण्डलिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार