29.1 C
Kathmandu

प्रधानमन्त्री दाहाल भन्छन्ः कोरला नाका छिट्टै सञ्चालनमा आउँनेछ

बागलुङ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्ताङको कोरला नाका छिट्टै सञ्चालनमा ल्याइने बताएका छन्। फागुन ९ देखि बागलुङको पञ्चकोटमा सुरु भएको महायज्ञमा आइपुगेका प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन । 

प्रधानमन्त्री दाहालले मुलुकको विकासको लागि कोरला नाकाको निकै महत्व रहेको बताउँदै पर्यटकहरू सहजै आउने सडक र नाका खुलाउन सकेमा देशको अर्थतन्त्र बलियो हुने बताए । 

उनले भने, पर्यटन क्षेत्रको विकासबाट देश समृद्ध बन्छ, प्रधानमन्त्रीको हैसियतले मेरो ध्यान कोरला नाकामा छ । यो नाका खुल्दा छोटो बाटोमा धेरै आर्थिक क्रियाकलाप हुनेछन् र यसले मुलुकको आर्थिक विकासमा ठूलो सहयोग पुग्नेछ । 

उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले कोरला नाकाको सञ्चालन गर्न सरकारले प्राथमिकता दिनु पर्ने बताए । उनले सरकारले कोरला नाका सहित धौलागिरिका पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि काम गर्नुपर्ने बताएका थिए । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार