29.1 C
Kathmandu

६ महिनामा विद्युत् प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रूपैयाँ नाफा कमाएको छ। प्राधिकरणले समीक्षा अवधिमा कमाएको यो नाफा करकट्टी गर्नुअघिको हो। गत आर्थिक वर्ष २०७९/८० को सोही अवाधिमा प्राधिकरणको नाफा १० अर्ब ९१ करोड ६० लाख रूपैयाँ थियो।

प्राधिकरणले सार्वजनिक गरेको चालु आवको ६ महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार समिक्षा अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट प्राधिकरणले ६७ अर्ब २८ करोड ७७ लाख रूपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा प्राधिकरणको नाफा चालु आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ४४ करोड ४६ लाख रूपैयाँले बढी हो। गत आर्थिक वर्षको नाफा १२ अर्ब ३३ करोड रूपैयाँ थियो।

आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूबाट भने निरन्तर नाफामा रहेको छ।

प्राधिकरणले चालु आवको ६ महिनामा विद्युत बिक्रीबाट ४५ अर्ब ४९ करोड ३८ लाख रूपैयाँ संकलन गरेको छ। यस अवधिमा देशभित्रका ऊर्जा उत्पादकहरूबाट र भारतबाट आयात गरी ३० अर्ब ४८ करोड ५८ लाख रूपैयाँको विद्युत खरिद गरिएको छ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार