23.1 C
Kathmandu

मिटरब्याज पीडितको धेरै समस्या भइसकेको छः प्रधानमन्त्री दाहाल

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याज पीडितका धेरै समस्या समाधान भइसकेको बताएका छन् । बुधबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन ।

समितिमा उनले भने, मिटरब्याज पिडितका केहि समस्या बाँकी छन् ती समस्या सरकारले समाधान गर्ने भन्दा पनि अदालती प्रक्रियासँग सम्बन्धित रहेकोले यसको समाधान अदालती प्रक्रियाबाट गराउन समन्वय भइरहेको छ ।

प्रधानमन्त्री दाहालले सरकार अदालत मिलेर मात्र मिटरब्याज पिडितको समस्या समाधान गर्न सकिने बताउँदै त्यसका लागि सरकारले प्रयास गरिरहेको बताए ।

मिटरब्याज पीडितहरु भने सरकारले आफूहरुको समस्या समाधानमा चासो नदिएको भन्दै मार्च पास गरेर दवाबमूलक आन्दोलनका लागि काठमाण्डौंमा जम्मा भएका छन् ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार