23.1 C
Kathmandu

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन खुल्यो

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि बुधबार आवेदन खुलेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित सेबोनको अध्यक्ष सिफारिस समितिले बुधबार अध्यक्ष पदका लागि आवेदन खुला गरेको हो ।

गत पुस २० देखि सेबोनमा अध्यक्ष पद खाली रहेको छ । सेबोनको अध्यक्षका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका लब्धप्रतिष्ठित व्यक्ति हुनुपर्ने छ । अध्यक्ष पदमा यी योग्यता पुगेका व्यक्तिले माघ ३० सम्म आवेदन दिन सक्ने उल्लेख गरिएको छ ।

नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्ति गर्न धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ बमोजिम नाम सिफारिस गर्ने प्रयोजनको लागि आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिका सदस्यमा अर्थसचिव कृष्णहरू पुष्कर र विज्ञ सदस्यमा उदय निरौला रहेका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार