26.1 C
Kathmandu

फुडग्रेन्स बैंकका क्यानेडियन दाताहरूलाई धादिङमा स्वागत

काठमाडौं । आड्रा नेपालले शैक्षिक तथा अवलोकन भ्रमणका लागि नेपाल आएका फुडग्रेन्स बैंकका क्यानेडियन दाताहरूलाई स्वागत गरेको छ । आड्रा नेपालले धादिङमा ३ वर्षे जीविकोपार्जन तथा उन्नत खाद्य सुरक्षा (RELIEF) परियोजना कार्यान्वयनको तयारी गरिरहेको छ ।

तीन दिने भ्रमणमा रहेका दातृ समूहका १३ जना ( व्यक्तिगत दाता, कर्मचारीहरू, लगायत समर्थकहरू ) सदस्यहरूले आड्रा नेपालसँगको सहकार्यमा धादिङको लक्षित नगरपालिका, समुदायहरू, र साझेदार प्रयास नेपालको कार्यालय भ्रमण गरेका थिए।

भ्रमणको क्रममा उक्त समूहले स्थानीय गुरूङ्ग जातको संस्कृति, तथा ग्रामीण जीवनको अनुभव गर्नका साथै दुर्गम क्षेत्रका चुनौतीहरू, खाद्य सुरक्षा, र आर्थिक मुद्दाहरूको समेत अध्ययन गरेका थिए। सामुदायीक वस्तीमा रहेरका उक्त समूहले सहयोगहरूद्वारा हासिल गर्न सकिने परिणामहरूको पनि अवलोकन गरेको बताइएको छ।

आड्रा क्यानेडाको सहयोगमा क्यानेडियन फुडग्रेन्स बैंकद्वारा आर्थिक सहयोग प्राप्त उक्त जीविकोपार्जन तथा उन्नत खाद्य सुरक्षा (RELIEF) परियोजनाले धादिङका दुई नगरपालिकाका वर्षभरी खाद्य अभाव भएका, प्रयाप्त आय आर्जन नभएका तथा निम्न उत्पादन क्षमता भएका समुदायहरूलाई लक्षित गरी कसरी खाद्य सुरक्षा सुधारमा सकिन्छ भनेर काम गर्ने छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार