26.1 C
Kathmandu

भ्रष्टाचार मुद्दा परेपछि लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादव निलम्बित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा गरेपछि लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादव प्रदेशसभा सदस्यबाट निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवविरुद्ध मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बनमा परेका हुन ।

लुम्बिनी प्रदेश सभा सचिवालयले सूचना निकालेर यादवको निलम्बन सम्बन्धि जानकारी दिएको छ । यादव कपिलवस्तु ३ (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित भएका हुन । उनीविरुद्ध गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले काटेको काठ लुकाएर मिलेमतोमा अनियमितता गरेको आरोपमा अख्तियारले मुद्दा चलाएको हो । कानुनी व्यवस्था अनुसार मुद्दा अन्तिम किनारा नभएसम्म यादव स्वतः निलम्बनमा रहने छन् ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार