24.1 C
Kathmandu

पश्चिम नेपालमा भूकम्प कम्तीमा १२८ को मृत्यु

काठमाडौं । जाजरकोटलाई केन्द्र बनाएर शुक्रबार मध्यराती गएको भूकम्पमा परि कम्तिमा १ सय २८ जनाको मृत्यु भएको छ भने ठूलो जनधनको क्षति भएको छ । ६.४ म्याग्निच्युडको भूकम्पमा परी सयौं घर क्षतिग्रस्त भएका छन् ।

भूकम्पमा परी जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार शनिवार विहानसम्म प्राप्त जानकारी अनुसार जाजरकोटमा मात्रै ९२ जनाको ज्यान गएको पुष्टि भएको छ। भुकम्पमा परि जाजरकोटमा ७० जना घाइते भएका छन् । क्षतिको विबरण आउने क्रम जारी रहेकोले मृतकको संख्या बढ्ने सम्भावना रहेको छ ।

रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुमका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ । ८५ जना घाइते भएका छन् जसमध्ये ९ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

भुकम्प पिडितको उद्धार, उपचार र राहतका लागि स्वास्थ्यकर्मी, उद्धारकर्मी र राहत सामग्री लिएर नेपाली सेनाका तीन हेलिकप्टर, नेपाल वायु सेवा निगमको एक जहाज शनिवार विहान जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रतर्फ पठाइएको नेपाल सरकारले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री एवं जाजरकोटका सांसद शक्ति बस्नेत, रुकुम पश्चिमका सांसद जनार्दन शर्मा उ प्रभावित क्षेत्र जारकोटमा पुगेका छन् ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७, १२:०८,१२:२९,१२:३५ गरी ४ पटकको क्रमशस् ६.४,४.८,४.२, ४.३ म्याग्निच्युडको भुकम्पका कारण रूकुम पश्चिम र जाजरकोटमा ठूलो क्षति भएको नेपाल सरकारले जनाएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार