29.1 C
Kathmandu

नेपाल टी-२० विश्वकपमा, युएई ८ विकेटले पराजित

काठमाडौँ । नेपाल टी—२० विश्वकप क्रिकेटमा छनोट भएको छ । नेपाल शुक्रबार मुलपानी क्रिकेट मैदानमा खेलिएको टी—२० विश्वकप क्रिकेटमा छनोटको  सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै टी—२० विश्वकपमा छनोट भएको हो।टस जितेर निर्धारित ओभरमा क्षतिमा १३४ रन बनाएको युएई विरुद्व नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर विजयलक्ष्य पूरागर्दै ८ विकेटको सहज जित निकालेको हो। अब भोली हुने फाईनल खेलमा नेपालले ओमानको सामना गर्ने छ।
मुलपानीमा नेपाल र युएई बिचको सेमीफाईनल खेल हर्न उपस्थित भएका दर्शकहरु।तस्विरः क्यान
नेपालको जितमा ओपनर ब्याट्सम्यान आसिफ शेखले उत्कृष्ट अर्धसतकीय पारी खेल्दै ५० बलमा दुई छक्का र ६ चौकाको मद्दतले अविजित ६३ रन बनाए । अर्का ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले भने आठ बलमा दुई चौकाको मद्दतले ११ रन बनाउँदै पेभेलियन फर्किएका थिए ।तेस्रो नम्बरका ब्याट्सम्यान गुल्सन झाले  उनले २४ बलमा तीन चौका प्रहारगर्दै २२ रनको योगदान गरे । यूएईका बलर निलान्श केशवानी र बसिल हमिदले एक—एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको यूएईका लागि विकेटकिपर ब्याट्सम्यान वृत्य अरविन्दले सर्वाधिक ६४ रन बनाएका थिए । उनले ५१ बलको सामना गरी दुई छक्का र आठ चौका प्रहार गरेका थिए । उनलाई कुशल मल्लले १९.१ ओभरमा गुल्सन झाद्वारा क्याच गराएका थिए ।

मुलपानीमा नेपाल र युएई बिचको सेमीफाईनल खेल हर्न जम्मा भएका दर्शकहरु। तस्विरः क्यान

त्यसलगत्तै कुशल मल्लले यूएईका अर्का ब्याट्सम्यान आयान अफजल खानलाई आउट गराएका थिए । कुशल मल्लले आयानलाई एक रनको ब्यक्तिगत स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका थिए । उनी आठौँ विकेटका रुपमा पेभेलियन फर्किएका थिए ।  यूएईका लागि ओपनर ब्याट्सम्यान मुहम्मद वसिमले पनि २६ रन बनाएका थिए । यूएईका कप्तानसमेत रहेका वसिमले १६ बलमा दुई छक्का र तीन चौका प्रहार गरेका थिए । युएईका लागि आसिफ खानले १३ रनको योगदान गरे भने एलिसन सराफुले १६ रन जोडेका थिए ।

नेपाली टोलीका बलर कुशल मल्लले तीन विकेट लिएका थिए । उनले तीन ओभरमा ११ रन खर्चिएका थिए । सन्दीप लामिछानेले दुई विकेट हात पारेका थिए । स्पिनर लामिछानेले चार ओभरमा एक मेडन राख्दै केवल १४ रन खर्चिएका थिए । सोमपाल कामी र रोहित पौडेलले पनि एक—एक विकेट हात पारेका थिए ।

यूएईले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान खालिद शाहलाई गुमाएको थियो । उनी तीन रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्किएका थिए । उनलाई सोमपाल कामीले रन आउट गराएका थिए । उनी आउट हुँदा यूएईले ३.१ ओभरमा २९ बनाएको थियो । त्यसलगत्तै यूएईको दोस्रो विकेटका रुपमा अर्का ओपनर मुहम्मद वसिम पेभेलियन फर्किएका थिए । कप्तान समेत रहेका वसिम २६ रन बनाउँदै आउट भएका थिए ।

तस्बिरः क्यान

उनलाई सोमपाल कामीले करण केसीद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि वसिमले १६ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काएका थिए । उनी आउट हुँदा यूएईले ३.३ ओभरमा ३० रन बनाएको थियो । यूएईको तेस्रो विकेट स्पिनर सन्दीप लामिछानेले लिएका थिए । उनले यूएईका ब्याट्सम्यान आसिफ खानलाई एलबीडब्लूको धरापमा पारेका थिए । आसिफ खानले पेभेलियन फर्किनुअघि १४ बलको सामना गरी एक चौकाको मद्दतले १३ रन बनाएका थिए । उी आउट हुँदा यूएईले १० ओभरमा ६२ रन बनाएको थियो ।

तस्विरः क्यान

यूएईको चौथो विकेट कुशल मल्लले लिएका थिए । उनले यूएईका ब्याट्सम्यान एलिसन सराफुलाई सोमपाल कामीद्वारा क्याच गराएका थिए । एलिसनले १४ बलको सामना गरी तीन चौकाको मद्दतले १६ रन बनाएका थिए । उनी आउट हुँदा यूएईले १३.४ ओभरमा ८८ रन बनाएको थियो । यूएईको पाँचौँ विकेट कप्तान रोहित पौडेलले लिएका थिए । रोहितले यूएईका ब्याट्सम्यान अली नासिरलाई चार रनको ब्यक्तिगत स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका थिए । नासिर आउट हुँदा यूएईले १५.५ ओभरमा एक सय रन बनाएको थियो ।

तस्विरः क्यान

यूएईको छैठौँ विकेट स्पिनर सन्दीप लामिछानेले लिएका थिए । उनले यूएईका ब्याट्सम्यान बासिल हमिदलाई एक रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । सन्दीपले उनलाई गुल्सन झाद्वारा क्याच गराएका थिए । उनले ब्यक्तिगत रुपमा लिएको यो दोस्रो विकेट थियो । उनी आउट हुँदा यूएईले १७.१ ओभरमा एक सय १८ रन बनाएको थियो । यूएईका नवौँ नम्बरका ब्याट्सम्यान जुनैद सिद्धकी भने तीन रनको ब्यक्तिगत स्कोरमा रन आउट भएका थिए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार