26.1 C
Kathmandu

वैशाख १४ र २२ गते स्थानीय तहको चुनाव गर्न प्रस्ताव, एमालेको समर्थन

काठमाडौं । आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्न निर्वाचन आयोगले प्रस्ताव गरेको छ । आयोगले पहिलो चरणमा २०७९ वैशाख १४ र दोस्रो चरणको २२ गते चुनाव गर्न प्रस्ताव गरेको छ। आयोगले पहिलो चरणमा गर्ने भए २०७९ वैशाख १४ र दुई चरणमा गर्ने भए १४ र २२ गते चुनाव गर्न प्रस्ताव गरेको हो ।

निर्वाचन आयोगको प्रस्तावलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समर्थन जनाएको छ । एमालेले आगामी २०७९ जेठ ५ गते भित्रै निर्वाचन गर्न र पदाधिकारीले पदबहाल गर्ने गरी स्थानीय तहको निर्वाचन गर्न माग गरेको छ ।

निर्वाचन आयोगमा शुक्रवार भएको सर्वदलीय बैठकमा एमालेले वैशाख १४ गते चुनाव गर्न आयोगले गरेको प्रस्तावमा समर्थन जनाएको हो । एमाले उपमहासचिव विष्णु रिमालले जेठ ५ अगावै निर्वाचित पदाधिकारीले पदबहाल गर्ने गरी चुनाव गर्नुपर्ने पार्टीको अडान राखेका हुन् ।

अहिलेसम्म चुनावको मिति घोषणा नगरेर सरकार चुपचाप बसेकोले समयमै चुनाव गर्नेमा आफूहरू सशंकित रहेको रिमालले बताए ।

‘निर्वाचनको तयारीका लागि १२० दिन चाहिनेमा अहिलेसम्म मिति घोषणा नभए पनि १०० दिनमा चुनाव गर्न तयार छौं भनेर आयोगले बताएको छ,’ रिमालले भने, ‘निर्वाचित पदाधिकारीले जेठ ५ गते अगावै पदबहाल गर्नुपर्छ भनेर राख्यौँ । एमालेले आयोगको प्रस्तावलाई समर्थन गरेको छ ।’

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार