23.1 C
Kathmandu

नबिल बैंकको ३८ प्रतिशत लाभांश पारित, १६ अर्ब राजश्वमा योगदान

काठमाडौं । नबिल बैंकको शुक्रबार सम्पन्न ३७ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट दिने निर्णय भएको ३८ प्रतिशत लाभांश पारित गरेको छ । यो बैंकले ३३.६० बोनस शेयर र ४.४० प्रतिशत नगद लाभांश दिने भएको छ । यो सँगै नबिल अब साढे १८ अर्ब चुक्ता पुँजीको बैंक बनेको छ ।

गत आवमा बैंकले गरेको ४ अर्ब ५३ करोड नाफाबाट उक्त लाभांश दिने भएको हो । मुनाफा वितरणपछि बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७ सय ४५ रुपैयाँ पुगेको छ ।

यो बैंकको शुक्रबार नै सम्पन्न बैंक संचालक समितिको ५८८ औं वैठकले संचालक समितिको अध्यक्षमा पुनः उपेन्द्रप्रसाद पौडेललाई नियुक्त गरको छ ।

पौडेल १५ मंसिर २०७४ देखि बैंक संचालक समिति एनबी (इन्टरेनशनल)लाई प्रतिनिधित्व गर्दै आएका छन् । यो बैंकले हालसम्म १६ अर्ब भन्दा बढी रकम त देशको राजश्वमा योगदान गरिसकेको दाबी गरेको छ । नबिलको हाल १३५ वटा शाखा, १८७ वटा एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्ट छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार