23.1 C
Kathmandu

खाताको बिबरण सार्वजनिक भएकोमा प्रेमप्रसादकी श्रीमतीको आक्रोश, बैंकविरुद्ध उजुरी दिने

काठमाडौं/केही दिन अघि सांसद भवन अगाडि आत्मदह गरेका प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै बैक प्रति आक्रोश व्यक्त गरेकी छिन् ।

नानुका अधिकारीको बानेश्वर शाखाको ग्लोबल आइएमइ बैंकको खाता नम्बर र त्यसमा जम्मा भएको रकमको स्क्रिन सटहरु पोस्ट भइरहेको छ । बैंक खाताको विवरण सहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा दुष्प्रचार हुँदा आफूलाई मानसिक तनाब भएको उनले बताएकी छिन् ।
बैंक खाताको स्क्रिन सट सामाजिक सञ्जालमा भाइरल हुँदा यसले उनलाई विभिन्न ठाउँबाट मानसिक यातना दिने काम भइरहेको बताएकी छिन् ।

श्रीमानको दाहसंस्कारको कर्ममा इलाममा रहेकी अधिकारीले खातामा जम्मा भएको रकमबारे आफू जानकार नभएको पनि बताइन् । उनले भनिन् बैंक खाताको स्क्रिन सट सार्वजनिक भएपछि मलाई सामाजिक सञ्जालमा मानसिक तनाब दिने म्यासेस र पोस्ट आइरहेका छन्, यसले मलाई अझ विक्षिप्त बनाएको छ ।’

आफूले खातामा पैसा हाल्न कसैलाई पनि व्यक्तिगत रुपमा आग्रह नगरेको बताउँदै भनिन्, सहयोगी मनबाट सहयोग स्वरुप रकम जम्मा भएको होला, तर मलाई जथाभावी भाइरल बनाउने र दुष्प्रचार गर्ने काम भएको छ ।’ उनले आफनो गोपनियता भङ्ग गर्ने बैंक र कर्मचारीलाई काठमाडौंमा रहेका आफन्तको सहयोगमा उजुरी गर्ने बताइन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार