23.1 C
Kathmandu

मुगुको रारा तालमा बिजुली पुग्यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कर्णाली प्रदेशको मुगु जिल्लामा २९९० मिटर उचाईमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुर्याएको छ ।
प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४ सय किलोवाट क्षमताको गमगाढ जलविद्युतगृहबाट उत्पादित विद्युत् करिब २५ किलोमिटर प्रसारण लाइन निर्माण गरी सोमबारबाट रारा क्षेत्रका ग्राहकलाई विद्युत् उपलब्ध गराएको हो ।
हाल त्यस क्षेत्रमा सौर्य ऊर्जाबाट घरायसी प्रयोजनमा मात्र विद्युत प्रयोग हुँदै आएको थियो । अव जलविद्युतगृहबाट उत्पादित विद्युत २४सै घण्टा आपूर्ति हुने छ । रारा ताल परिसरमा सञ्चालनमा रहेका होटलहरु, कार्यालयहरु र छेउछाउका घरहरुले विद्युत् आपूर्ति पाएका छन् ।
रारा ताल परिसरमा २५ केभिए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरी विद्युत् आपूर्ति गरिएको छ । प्राधिकरणका प्रादेशिक कार्यालय कर्णालीका प्रमुख शम्भु कुसियत यादवले ट्रान्सफर्मर सोमबारबाट सञ्चालनमा ल्याइएको बताए ।
‘रारा राष्ट्रिय निकुञ्जको जंगलमा करिब १० किलोमिटर लाइन बनाउनु पर्ने थियो, त्यसले गर्दा केही समय लागेको हो, निकुञ्ज, स्थानीय प्रशासन, सुरक्षार्थ खटिएका नेपाली सेना र स्थानीयसँगको समन्वय र सहयोगमा लाइन निर्माण गरी त्यस क्षेत्रमा विद्युत पुर्याउन सफल भएका छौं,’यादवले भने ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार