29.1 C
Kathmandu

मोटरसाइकललाई ५ र गाडीलाई २० लिटरको कोटाले नाकाबन्दीको झझल्को दिने

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत कम गर्न दुई पांग्रे र साना सवारी साधनलाई कम पेट्रोल दिने उपाय अघि सारेको छ ।

कोटा सिस्टम लागू गर्ने हो भने यस अघि नाकाबन्दीमा पाएको दुःख फेरि दोहोरिन सक्छ । आयल निगमले कोटा लागू गर्दा अनावश्यक भिड हुने र कृृतिम अभाव सिर्जना भएर जनताले ५ लिटर तेलको लागि घण्टौ लाइन लाग्नुपर्ने हुन्छ ।

इन्धनको बढ्दो मूल्यका कारण वित्तीय अवस्था नाजुक बनेको भन्दै निगमको सोमबार सरकारलाई १० वटा उपाय सिफारिस गरेको छ । जसमा एउटा उपाय यस्ता सवारी साधनलाई कम पेट्रोलियम पदार्थ दिने पनि उल्लेख छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्ययकाअनुसार इन्धनको मूल्य वृद्धिका कारण मुलुकको अर्थतन्त्र र निगमलाई जोगाउन यस्ता उपाय तत्काल अवलम्बन गर्न आग्रह गरिएको हो ।

सोमबार बसेको निगमको बैठकले इन्धनको खपत कम गर्न तत्काल १० वटा उपाय अबलम्बन गर्न आग्रह गरिएको र त्यसमध्ये एक दुई पांग्रे र साना गाडीलाई कम मात्रामा इन्धन दिने पनि रहेको प्रवक्ता उपाध्ययले बताए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार