23.1 C
Kathmandu

शेयर बजार गत वर्षको भन्दा तल झर्यो, बजेटलेसमेत नसुध्रिदा लगानीकर्ता निराश

काठमाडौं । शेयर बजार गत वर्ष पुगेको न्यूनतम विन्दूभन्दा पनि तल झरेको छ । गत वर्ष ३२ सय विन्दू छोएर झरेको भन्दा पनि यो वर्ष तल शेयर बजार पुगेको छ ।

शेयर बजार आगामी आर्थिक वर्षको बजेटले पनि बढाउन सकेन् । बजेट आएपछिको दुई दिनसम्म लगातार शेयर बजार घटिरहेको छ । सोमवार ५० अंकले घटेको शेयर बजार मंगलबार पनि ३५.५३ अंकले घटेर २१ सय ३७.९२ विन्दूमा आइपुगेको छ ।

बजेटपछि लगातार घटेको शेयर बजारले लगानीकर्तालाई उत्साहित बनाउन नसकेको देखिएको छ । पछिल्लो समय बजेट आउनु अघिको दुई दिन अघि १२ जेठबाट घट्न थालेको शेयर बजार मंगलवारसम्म आइपुग्दा करीब एक सय अंकले घटेको छ ।

अघिल्लो वर्ष भदौमा ३२ सय अंक पुगेको शेयर बजार गत वर्षको मौद्रिक नीतिपछि पुससम्म लगातार घटेको थियो । गत वर्ष १६ पुसमा २२ सय ८१ मा झरेर पुनः बढ्न थालेको शेयर बजार अहिले त्यो भन्दा पनि कम अंकमा पुगेको छ ।
पछिल्लो समय २८ वैशाखमा २३ सय ६९ अंकमा पुगेको शेयर बजार फेरि घटेर मंगलवार २१ सय ३७ अंकमा झरको छ । यो पछिल्लो एक वर्षको तुलनामा सबैभन्दा कम हो ।

मंगलवारको शेयर बजारमा उपकार लघुवित्तले सबैभन्दा बढी ८.२३ प्रशितशले कमाएको छ । आज कमाउनेमा सामलिङ पावर कम्पनी, लाइफ इन्स्योरेन्स कम्पनी, शिवश्री हाइड्रो बलेफि पावरसहितका कम्पनी छन् ।

बजार घटेको दिन सबैभन्दा बढी गुमाउनेमा नेपाल इन्भेष्टमेन्ट बैंकका शेयरधनीले ९.९८ प्रतिशतले गुमाएका छन् । आज गुमाउनेमा एनएलजी इन्स्योरेन्स, कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टिपर्पोज फाइनान्ससहितका कम्पनीका लगानीकर्ताले अधिकतम ६.५० प्रतिशतले गुमाएका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार