29.1 C
Kathmandu

रेस्टुरेन्ट र पेट्रोल पम्पको शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याइने

काठमाडौं । काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिकाको बैठकले काठमाडौंका चेन रेस्टुरेन्ट र पेट्रोल पम्पहरुको शौचालय सर्वसाधारणले प्रयोग गर्न पाउने गरी निर्णय गरेको छ ।

सोमबारको बैठकले रेस्टुरेन्ट र पम्पका शौचालयमा महानगरले सार्वजनिक भन्ने बोर्ड राखिदिने र सर्वसाधारणले प्रयोग गर्न पाउने व्यवस्था गर्ने निर्णय गरेको छ ।

बैठकले सडकका खाल्डाखुल्डी पुर्न भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । बैठकमा मेयर बालेन साहले राखेको सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास नियमित गर्ने जस्ता काम ७ दिनभित्र सक्न २ वटा भौतिक पूर्वााधार एम्बुलेन्स सुरु गर्ने प्रस्तावलाई कार्यपालिका बैठकले अनुमोदन गरेको छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार