23.1 C
Kathmandu

बजेट चुनावलक्षित होइन्, विगतकै कार्यक्रमलाई यताउता गरेर ल्याइएको हो -अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट चुनावलक्षित नभएको प्रष्टिकरण दिएका छन् । सोमाबर अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेर अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८९ को बजेट विगतककै जस्तो भएको र यस अधिकै कार्यक्रमलाई यताउदा गरेर बजेट ल्याएको बताए ।

यो वर्ष चुनाव हुने भएकोले सरकारले चुनाव लक्षित बजेट ल्याएको, स्रोत जुटाउन मुश्किल हुने र खर्च गर्न कठिन हुने भनेपछि अर्थमन्त्री शर्माले स्पष्टिकरण दिएका हुन ।

सरकारले यस वर्ष तुलनात्मक रुपमा वितरणमुखी बजेट ल्याएको, ६८ वर्षमै वृद्धभत्ता दिने, कर्मचारीको तलब बढाउने, किसान पेन्सन, हरेक परिवारलाई इन्डक्सन चुलो वितरणजस्ता कार्यक्रम चुनाव लक्षित भएको आरोप लागेपछि अर्थमन्त्री शर्माले आफ्नो भनाइ पेश गरेका हुन् ।

‘अर्थमन्त्री शर्माले भने आगामी बर्षको बजेटमार्फत नयाँ कार्यक्रम ल्याएका छैनौं, विगतदेखिका कार्यक्रमलाई निरन्तरता दिँदा चुनावी कार्यक्रम भन्ने हो भने चार पाँच वर्षदेखि नै बजेट चुनाव लक्षित आइरहेको छ भन्नु पर्‍यो नि’, उनले भने, ‘उत्पादन बढाउँछु भन्नु, आत्मनिर्भर बनौं भन्नु चुनावी कुरा हो र ? युवालाई तालिम दिने चुनावी कुरा होइन । कर्मचारीको तलव ऐन अनुसार बढेको हो, किसान पेन्सको विषय विगतकै निरन्तरता हो ।’

अर्थमन्त्री शर्माले बजेट कार्यान्वयनमा संयुक्त प्रतिवद्धताको आवश्यकता औल्याए । ‘बजेट मेरो गाउँको बाटोमा रकम पर्‍यो कि परेन भन्ने विषय मात्र होइन, बजेट जनताको हातमुख जोड्ने, राष्ट्रलाई समृद्ध बनाउने पनि हो ।’

बजेटमा राखिएका कार्यक्रममा पूर्वाधार परेनन् भन्दै आउने आलोचनालाई उनले रोजगारी सिर्जना र गरिबीको अन्त्य गर्ने कार्यक्रमसँग जोड्न आग्रह गरे । पत्रकार सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले विपन्न मैत्री बजेट बनाउन भरपुर प्रयास गरेको बताए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार