29.1 C
Kathmandu

तारा एयर दुर्घटनाको छानविन गन समिति गठन

काठमाडौं । सरकारले तारा एयरको जहाज दुर्घटनाको छानविन गर्न एक समिति गठन गरेको छ । तारा एयरको आइतबार हराएको जहाज सोमबार दुर्घटनाग्रस्त अवस्थामा भेटिएको र पाइलसहित सबै यात्रुले ज्यान गुमाएका थिए । उक्त घटनाको छानविन गर्न सरकारले दुर्घटना जाँच आयोग नामको एक समिति नामक ५ सदस्यीय आयोग गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नगारिक उड्डयन प्राधिकरणका पूर्व महानिर्र्देशक तथा वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्ज रहने गरी आयोग गठन गरेको हो ।

सदस्यमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने छन् ।

यो समितलिाई दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपाय सिफारिस गर्ने कार्यादेश रहेको मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले जानकारी दिए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार