26.1 C
Kathmandu

मिलेमतोको आशंकामा राष्ट्रिय पुस्तकालय निर्माणको ठेक्का रद्द

काठमाडौँ /ठेक्का प्रक्रियामा मिलेमतो गरेको उजुरी परेपछि राष्ट्रिय पुस्तकालय भवन निर्माणको टेन्डर प्रक्रिया रद्द गरिएको छ । जमलमा बन्ने पुस्तकालय भवनको ठेक्कामा न्यून प्रतिस्पर्धा गराउन मिलेमतो गरिएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र शिक्षा मन्त्रालयमा उजुरी परेको थियो । उजुरीसँगै छानबिन प्रक्रिया अगाडी बढेपछिराष्ट्रिय पुस्तकालय भवन निर्माणको टेन्डर प्रक्रिया रद्द गरिएको हो ।

राष्ट्रिय पुस्तकालय भवन निर्माणको टेन्डर प्रक्रियाका लागि गत माघ १० गत बोलपत्र आब्हान गरिएको थियो । जसमा जम्मा ४ वटा मात्रै कम्पनीले फाराम खरिद गरेका थिए भने एउटा मात्र कम्पनीले बोलपत्र पेस गरेको थियो । बोलपत्र प्रक्रियामा थोरै कम्पनीको सहभागिता देखिएपछि यसमा मिलेमतो भएको आशंका गरिएको थियो । पुस्तकालय प्रमुख दशरथ मिश्रका अनुसार टेन्डर प्रक्रियामा प्राविधिक त्रुटि र केहि कमीकमजोरी रहेको भनेर गुनासो आएपछि प्रतिस्पर्धा रद्द गरिएको हो ।

टेन्डरको सूचना निकाल्दा नै बदनियत राखेर सकभर थोरै कम्पनीलाई प्रतिस्पर्धा गराएर सीमित कम्पनीमध्येलाई ठेक्का सुम्पने प्रावधान राखिएको आरोप लगाइएको छ । करिब ७० करोड लागत अनुमानको पुस्तकालय भवनको टेन्डरमा सीमित कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न पाउने प्रावधान समावेश गरिएको प्राविधिकहरूले बताउँदै आएका थिए । टेन्डर सूचनामा १० वर्षभित्र कम्तीमा ५७ करोड ७४ लाख ९८ हजार रुपैयाँ बराबरको डबल बेसमेन्ट भवन निर्माण गरेको कम्पनी मात्रै ठेक्कामा सहभागी हुन पाउने व्यवस्था गरिएको थियो । सीमित कम्पनीबीच मात्रै प्रतिस्पर्धा गराउने उद्देश्यले पुस्तकालयका प्रमुखसहित मन्त्रालयका अधिकारीले यस्तो व्यवस्था गरेको प्राविधिकहरू दाबी गर्छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार