23.1 C
Kathmandu

प्रतियुनिट ३८ रुपैयाँमा हाल्दा पनि बिजुली किन्न पाइएन, उद्योगमा काट्न थालियो लाइन

३८ रुपैयाँमा किनेको बिजुली नेपालमा औसत ९ रुपैयाँमै बेच्नुपर्छ । यसले दैनिक २२ करोडसम्म घाटा हुन्छ भने यही अवस्था ३५ दिनसम्म रहे ८ अर्ब रुपैयाँ नोक्सानी हुने अवस्था रहेको प्राधिकरणको दावी छ।

काठमाडौं /प्रतियुनिट ३८ रुपैयाँमा पनि बिजुली खरिद गर्ने गरी बोलकबोल गर्दा पनि विद्युत् खरिद गर्न नपाएपछि नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा बिजुली कटौती गर्न थालेको छ ।
प्राधिकरणले भारतकोबाट प्रतियुनिट ३८ रुपैयाँमा बिजुली किन्न बोलकबोल गरेको थियो । तर अरुले नै त्यो भन्दा महंगो मूल्यमा बिजुली किनेपछि उद्योगमा बिजुली कटौती सुरु गरिएको हो ।

प्राधिकरणका प्रवक्ता तथा भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईका अनुसार बिड नपरेका दिनमा साँझ र राति उद्योगहरूमा ३५० मेगावाटसम्मको बिजुली कटौती गर्नु पर्ने अवस्था आएको हो । साँझ ६ बजेदेखि विहान ६ बजेसम्म उद्योगहरूमा अवस्था हेरेर बिजुली कटौती हुनसक्ने उनले बताए ।

रूस युक्रेन युद्धका कारण कोइलाको अभाव चर्किएपछि भारतमा बिजुलीको मूल्य उच्च दरमा पुगेको छ । जसले गर्दा नेपालमा उद्योगहरुमा अघोषित ‘फोर्स लोडसेडिङ’को अवस्था सिर्जना हुन पुगेको छ । प्रवक्ता भट्टराईका अनुसार ३८ रुपैयाँमा किनेको बिजुली नेपालमा औसत ९ रुपैयाँमै बेच्नुपर्छ । यसले दैनिक २२ करोडसम्म घाटा हुन्छ भने यही अवस्था ३५ दिनसम्म रहे ८ अर्ब रुपैयाँ नोक्सानी हुने अवस्था रहेको प्राधिकरणको दावी छ।

विद्युत प्राधिरकणले मूल्यका कारण हुने नोक्सानी केही प्रतिशत हिस्सा लिएर सहयोग गर्न सरकार र उद्योगीहरुलाई आग्रह गरेको थियो । तर नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, सिमेन्ट उद्योग संघ, स्टिल उत्पादक संघ लगायतका संघ संगठनले तोकिएको मूल्यमा नियमित विद्युत् आपूर्तिको दायित्व प्राधिकरणको हुने भएकाले दायित्व बोक्न नसक्ने जवाफ दिएका थिए ।

अहिले करिब ३० प्रतिशत बिजुलीको माग आयातबाटै धान्नुपर्छ । अहिले दैनिक ३१ हजार मेगावाट आवर बिजुलीको माग रहेकोमा १२ हजार मेगावाट आवर विजुलीमा भारतको भर छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार