29.1 C
Kathmandu

चीनको स्वार्थ बोकेर काठमाडौं आएका विदेशमन्त्रीले वाङको के छ विकास एजेण्डा ?

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी चिनियाँ स्वार्थ बोकेर नेपाल आएका छन् । तीन दुई रातको लागि नेपाल आएका वाङ भारत आइपुगेपछि बाटो परेर नेपाल झिरेझै मात्रै गरेका छन् ।

उनी आउने विषयमा न नेपालको तयारी थियो न त कुनै ठूलो परियोजनाको उद्घाटन नै । काठमाडौं आइपुगेको विदेशमन्त्री वाङ केवल घुमघामको तालिका बढी छ । उनले राजनीतक भेट गर्ने र कुनै ठूलो परियोजनामा हस्ताक्षर वा उद्घाटन गर्ने छैनन् । काठमाडौंबाटै तयारी नै नभएको पोखरा विमानस्थलको भने उद्घाटन गर्ने तालिका छन ।

यीको भ्रमणका क्रममा नेपाल र चीनले संयुक्त प्रयासमा अघि बढाउन खोजिएका विभिन्न आयोजनाको समीक्षा पनि गर्ने तय भएको छ । दुई वर्षदेखि चीन त्यस्ता परियोजनामा गर्नुपर्ने कामबाट पन्छिरहेको छ । जसले विकासे विभिन्न आयोजनाको अध्ययन र निर्माणको काम बीचमै अलपत्र परेका छन् । यी आयोजना अगाडि बढाउने विषयमा भने यी मौन छ ।

नेपाल सरकारको कमजोर पूर्वतयारी र कुटनीतिक पहल पनि त्यसका कारण बनेको छ । अघि बढाउने प्रतिवद्धता गरेका परियोजनामा कोभिड महामारी सुरु भएपछि चीन उदासिन देखिएको छ । काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्ग, प्रसारणलाइन, स्याफ्रुबेसी–रसुवागढी सडक विस्तार, काठमाडौंको चक्रपथ विस्तार, पेट्रोलियम अन्वेषणजस्ता परियोजना अध्ययन र निर्माणका चरणमा पुगेर अलपत्र छन् ।

‘बेल्ट रोड इनिसियटिभ’ (बीआरआई) अन्तर्गत अघि बढ्नुपर्ने अन्य परियोजना पनि कोमामै छन् । कोशी–गण्डकी–कर्णाली करिडोर, मदन भण्डारी प्राविधिक शिक्षालय, तमोर जलविद्युत् आयोजना, किमाथांका–हिले सडक, फुकोट जलविद्युत् परियोजना, दिपायल–चीन सडक जस्ता परियोजना त द्विपक्षीय सहमति भएर निर्माण अघि बढाउने विषय तय भएको छैन । रसुवामा सुख्खा बन्दरगाह निर्माणका लागि काम भइरहेपनि सुस्त छ ।

विदेशमन्त्री वाङको भ्रमण तालिका
चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार नेपाल आइपुग्दै हुनुहुन्छ।

तीन दिने भ्रमणका लागि विदेशमन्त्री वाङ भारतको नयाँदिल्लीबाट काठमाडौं आउन लाग्नुभएको हो। विदेशमन्त्री वाङ अफगानिस्तान, पाकिस्तान र भारतको भ्रमण हुँदै नेपाल आउन लाग्नुभएको हो।

परराष्ट्रमन्त्री डा। नारायण खड्काको निमन्त्रणामा चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउन लाग्नुभएको हो।

चिनियाँ विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा। दुर्गाबहादुर सुवेदीलगायतले स्वागत गर्ने कार्यक्रम छ।

विमानस्थलबाट उहाँ बत्तीसपुतलीस्थित होटल द्वारिकामा विश्राम गर्नुहुनेछ। शनिबार उहाँले भेटघाट गर्नुहुनेछ। शनिबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा चीन–नेपाल प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ।

वार्तापछि दुई देशबीच पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ। शनिबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारस्थित उहाँको सरकारी निवासमा शिष्टाचार भेट हुनेछ।

शनिबार साँझ नै परराष्ट्रमन्त्री खड्काले आफ्ना चिनियाँ समकक्षीको सम्मानमा रात्रीभोजको आयोजना गर्नुहुनेछ। आइतबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शिष्टाचार भेट हुनेछ।

त्यसपछि पूर्वप्रधानमन्त्री एवम् नेकपा ९एमाले०का अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट हुनेछ। चिनियाँ विदेशमन्त्री वाङ प्रतिनिधि मण्डलसहित आइतबार बेइजिङ प्रस्थान गर्नुहुने कार्यक्रम छ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार