26.1 C
Kathmandu

झुत्रा नोटबाट ब्रिकेट उत्पादन गरेर आम्दानी गर्दै राष्ट्र बैंक

काठमाडौं/नेपाल राष्ट्र बैंकले पुराना झुत्रा नोटबाट ब्रिकेट उत्पादन तथा बिक्री सुरु गरेको छ । विगतमा झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई भट्टीमा खरानी बनाउने गरिन्थ्यो । त्यसलाई अन्त्य गर्दै राष्ट्र बैंकले झुत्रा नोटबाट ब्रिकेट बनाउने प्रविधि भित्र्याएको हो । अब राष्ट्र बैंकको केन्द्रीय कार्यालय र सातवटै प्रादेशिक कार्यालयमार्फत सर्वसाधारणले नोटबाट बनेका ब्रिकेट किन्न पाउने छन् ।

ब्रिकेट बनाउनकै लागि राष्ट्र बैंकले नेदरल्यान्ड्सबाट प्रतिमेसिन ३ लाख ८१ हजार युरो ९५ करोड रुपैयाँभन्दा बढी० का दरले करिब ५० करोड रुपैयाँमा ८ वटा बैंक नोट स्रेडिब एन्ड ब्रिकेटिब सिस्टम ९बीएसबीएस० मेसिन खरिद गरेको छ। यी मेसिन सातवटा प्रादेशिक र एउटा केन्द्रीय कार्यालयमा जडान गरिएको छ । मेसिन जडान गरेर गत भदौदेखि राष्ट्र बैंकले नष्ट गर्ने चरणमा रहेका पुराना नोटबाट ब्रिकेट बनाउने काम थालेको हो । कोभिडका कारण बीचका केही महिना यो क्रम बन्द थियो ।

अहिले गण्डकी प्रदेशबाहेक सबै प्रादेशिक र केन्द्रीय कार्यालयबाट नियमित रूपमा ब्रिकेट बनाउने काम भइरहेको बैंकले जनाएको छ । राष्ट्र बैंकले प्रतिवर्ष ४० देखि ४५ अर्ब रुपैयाँ बराबरका पुराना नोट नष्ट गर्दै आएको बताइएको छ ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपाल अनुसार हरेक मेसिन प्रतिदिन ८ घण्टाका दरले चलाउन सकिने र हरेक दुई घण्टामा २ सय किलो ब्रिकेट उत्पादन हुनेछ । ‘चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई जलाउँदा वातावरण प्रदूषण हुने र ठूलो जनशक्ति प्रयोग हुने भएकाले त्यसको विकल्पमा आम्दानीसमेत गर्न सकिने प्रविधि भित्र्याइएको नेपालले बताए ।

उनका अनुसार अहिले प्रतिदिन १४ सय किलो ब्रिकेट उत्पादन भइरहेको छ । हरेक कार्यालयबाट उत्पादित ब्रिकेट बिक्री पनि भइरहेको छ ।

 

 

 

 

 

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार