24.1 C
Kathmandu

विदेशी बैंकलाई शाखा खोल्न राष्ट्र बैंकको लचकता

काठमाडौं / नेपाल राष्ट्र बैंकले विदेशी बैंक तथा वित्तीय संस्थाहरुलाई नेपालमा शाखा खोल्न सहज हुने गरी नीति बनाएको छ । बुधबार राष्ट्र बैंकले विदेशी बैंक शाखा अनुमति नीति, २०२२ जारी गर्दै चुक्ता पुँजीको सीमा घटाएको छ । यो नीति अनुसार अब नेपालमा शाखा कार्यालय खोल्न चाहाने विदेशी बैंक तथा वित्तीय संस्थाहरुले २ करोड अमेरिकी डलर वा सो सरहको चुक्ता पुँजी भए पुग्नेछ ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार विदेशी बैंक तथा वित्तीय संस्थाहरुले शाखा खोल्न चाहेमा पनि नेपाली वाणिज्य बैंकहरुको जति नै चुक्तापुँजी चाहिने व्यवस्था थियो । अहिले नेपालका वाणिज्य बैंकहरुको चुक्ता पुँजी कम्तिमा ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था छ ।

विदेशी बैंक तथा वित्तीय संस्थाहरुलाई नेपालमा शाखा खोल्न सहज होस् भनेर यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकको बैंकले जनाएको छ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार