23.1 C
Kathmandu

सातै प्रदेशमा सवारी कर एकनास गरिने

कास्की / सबै प्रदेशमा सवारीसाधनमा लाग्ने कर, दस्तुर र जरिवाना शुल्क एकनासको बनाइने भएको छ । पोखरामा बसेको संघीयसहित सातै प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्रीहरूको बैठकले हाल प्रदेशअनुसारको विद्यमान रहेको फरक–फरक दस्तुरलाई समान बनाउने निर्णय गरेको हो ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काका अनुसार सबै प्रदेशमा एकै प्रकारको कर, दस्तुर र जरिवाना शुल्क हुने गरी संघीय ऐनको व्यवस्था गर्न बैठकले माग गरेको छ । त्यस्तो ऐनमा समानखालको सवारी कर, दस्तुर र जरिवाना शुल्कको व्यवस्था गर्ने निर्णय भएको हो ।

यातायात क्षेत्रबाट बिचौलियाको अन्त्य गराउनेबारे पनि सबै प्रदेश एकमत बनेका छन् । यसका लागि संघीय मन्त्रालय र यातायात विभागले ऐन, कानुन बनाएर प्रदेशको एकल अधिकारलाई हस्तान्तरण गर्नुपर्नेमा मन्त्रीहरूले जोड दिएका छन् । बुधबार सम्पन्न उक्त बैठकले विभिन्न २२ बुँदे निर्णय समेत गरेको छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार