26.1 C
Kathmandu

भिजिट भिसाका श्रमिक नलिन यूएई सहमत

काठमाडौँ / संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालसँगको श्रम समझदारी विपरीत भिजिट भिसाका श्रमिक भर्ना नलिने प्रतिबद्धता जनाएको छ । आबुधाबीमा मंगलबार सम्पन्न नेपाल र यूएईका उच्च अधिकारीबीचको बैठकमा यूएईले त्यस्तो प्रतिबद्धता जनाएको हो । बैठकमा भिजिट भिसामार्फत श्रमिकको तस्करी गर्नेलाई कारबाही गर्नसमेत यूएई तयार देखिएको बताइएको छ ।

कोभिडपछि यूएईका रोजगारदाताले श्रम समझदारीलाई ‘बाइपास’ गर्दै श्रमिक भर्ना गर्ने प्रवृत्ति बढेको भन्दै सरोकार पक्षहरूले औपचारिक संयन्त्रमार्फत यूएई सरकारको ध्यानाकर्षण गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई दबाब दिँदै आएका थिए । सरकारी तथ्यांकअनुसार गएको एक वर्षमा करिब ८० हजार नेपाली कामको खोजीमा भिजिट भिसामार्फत यूएई पुगेका थिए ।

बैठकमा श्रम मन्त्रालयले यूएईका समकक्षीसमक्ष रोजगारदाता कम्पनीले श्रम समझदारीको मर्म र भावनाविपरीत कामदार भर्ना भइरहेको प्रति ध्यानाकर्षण जनाएको थियो । ‘बैठकमा भिजिट भिसालाई दुरुत्साहन गर्न धेरै विकल्पमाथि छलफल गर्‍यौं, औपचारिक माध्यमबाट आएकालाई यूएईमा रोजगारी दिने र कोहीकसैले गैरकानुनी प्रक्रियाबाट श्रमिक ल्याए तत्काल कारबाही गर्ने सहमति भएको बताइएको छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार