29.1 C
Kathmandu

सार्वजनिक यातायातको भाडा समायोजन गर्न माग

काठमाडौं / पेट्रोलियम पदार्थको अत्यधिक मूल्य वृद्धि भएपनि सरकारले भाडा समायोजनमा बेवास्ता गरेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा समायोजन गर्न माग गरेको छ ।

महासंघले आइतबार पत्रकार सम्मेलन जतिसक्दो चाँडो भाडा समायोजन गर्न माग गरेको हो । आगामी चैत ७ गतेसम्म भाडा समायोजन नभएमा बाध्य भई वैज्ञानिक भाडा कार्यविधिलाई आधार मानी महासंघले नै भाडा समायोजन गर्ने महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए ।

‘विसं २०७८ असारमा भाडा बढाए लगत्तै तीन दिनपछि फेरि पट्रोलियम पदार्थको मूल्य बढ्यो, त्यसयता सात पटक बढ्यो तर भाडा समायोजन भएको छैन, अध्यक्ष कर्माचार्यले भने—सरकारलाई सवारी साधनको भाडा नबढाऔँ तर मूल्य वृद्धि फिता गरौं भनेर हामीले पटकपटक आग्रह गर्दै आएका छौँ, सुनुवाइ भएको छैन ।’

नेपाल ट्रक महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारले भाडा समायोजन गर्न ध्यान नदिएमा व्यवसायीले नै वैज्ञानिक कार्यविधिका आधारमा भाडा समायोजन गर्नुपर्नेमा बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल यातायात स्वतन्त्र यातायात मजदुर सङ्गठनका वरिष्ठ उपाध्यक्ष नवराज घिमिरेले पेट्रोलियम पदार्थ प्रतिलिटर ५८ रुपैयाँ कर लिने सरकारले अत्याधिक मूल्यबृद्धि हुँदा समेत व्यवसायीलाई सहज वाताबरण बनाउन नसेको भन्दै गुनासो गरेका थिए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार