23.1 C
Kathmandu

अर्थमन्त्रालयको आर्थिक विज्ञमा डा.सालीकराम पोखरेल नियुक्त

काठमाडौं /अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालयको आर्थिक विज्ञमा डा.सालीकराम पोखरेललाई नियुक्त गरेका छन् । मन्त्री शर्माले नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा कार्यरत पोखरेललाई अर्थ मन्त्रालयको बैंक तथा वित्तीय क्षेत्रको विज्ञको रुपमा नियुक्त गरेका हुन् ।

अर्थ र बैंकिङ क्षेत्रका विज्ञका रुपमा परिचित डा पोखरेलसँग कर्णाली प्रदेशमा नेपाल राष्ट्र बैंकको पहिलो प्रदेश प्रमुख रुपमा समेत दुई वर्ष काम गरेरे अनुभव छ । दश वर्ष भन्दा बढी नेपाल राष्ट्र बैंकको अनुसन्धान विज्ञ रहेर मौद्रिक नीति लेखन तथा नीतिगत व्यवस्था सुधारका लागि काम गरेका डा. पोखरेल नेपालको आन्तरिक उत्पादन वृद्धि, अर्थतन्त्रको दिगो विकासका लागि साना, मझौला तथा घरेलु उद्योग र लघुवित्त व्यवस्थापनमा विज्ञको रुपमा परिचित छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार