26.1 C
Kathmandu

पेट्रोल र डिजेलबाट ५४ अर्ब ५३ करोड रुपैयाँ राजश्व संकलन

काठमाडौँ / मुलुकमा साउनदेखि माघ मसान्तसम्म १ खर्ब ६ अर्ब ५२ करोड रुपैयाँको पेट्रोल र डिजेल भित्रिएको छ । सो रकमको पेट्रोल र डिजेल ल्याउँदा ५४ अर्ब ५३ करोड रुपैयाँ बराबर राजश्व मात्रै संकलन भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार यो अवधिमा कुल ७२ अर्ब ९६ करोड रुपैयाँ बराबरको डिजेल भित्रिएको छ । त्यसबापत ३३ अर्ब १९ करोड रुपैयाँ राजश्व संकलन भएको छ । सो अवधिमा ३३ अर्ब ६९ करोड रुपैयाँको पेट्रोल भित्रिएको छ । पेट्रोल आयात वापत सरकारले २१ अर्ब ३३ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।

सात महिनाको अवधिमा सरकारले डिजेलबाट सबैभन्दा धेरै राजश्व संकलन गरेको छ । डिजेलपछि धेरै राजश्व उठ्ने वस्तुमा जीप, कार र भ्यान पर्छन् । जीप, कार र भ्यान शिर्षकमा सरकारले सात महिनामा कुल २७ अर्ब ६९ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार