29.1 C
Kathmandu

कृषि विकास बैंकले मूल्य श्रृखला परियोजना सञ्चालन गर्ने

काठमाडौं / कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी) को सहयोगमा कृषि विकास बैंकले मुलुकभित्र ६ वर्षसम्म मूल्य श्रृखला परियोजना सञ्चालन गर्ने भएको छ । कृषिको समावेशी रुपान्तरणका लागि मूल्य श्रृखला नाम दिइएको यो परियोजना सञ्चालनका लागि गत असोज महिनामा अर्थ मन्त्रालय र आईएफएडी वीच सम्झौता भएको थियो ।

अर्थ मन्त्रालय र आईएफएडी वीच भएको सम्झौता अनुसार यो परियोजना लुम्विनी, बागमती र मधेशे प्रदेशका २८ जिल्लामा सञ्चालन हुने छ । परियोजना सञ्चालनका लागि कृषि विकास बैंकलाई नेपाल सरकार मार्फत कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी) ले करीव ८० मिलियन अमेरिकी डलर अर्थात करीव ६ अर्व १५ करोड सहयोग गर्ने छ । जसबाट १२ वटा बाली तथा पशु बस्तुको मूल्य श्रृखला विकास गरी आयात प्रतिस्थापन र निर्यात प्रर्वद्धन गर्ने उदेश्य अनुरुप सहुलियत पूर्ण कर्जा लगानी गर्नका लािग सरकारले कृषि विकास बैंकलाई कार्यान्वयन निकायको रुपमा तोकेको हो ।

परियोजन सञ्चालन पश्चात बजार मागमा आधारित कृषि बस्तुको व्यवसायिकीकरण मार्फत साना कृषिकहरुकलो आयस्तर बृद्धि हुने, रोजगारी सृजना हुने तथा कृषिको व्यवसायिकीकरण, समावेशीकरण तथा प्रतिस्पर्धात्मक विकास हुने अपेक्षा रहेको बैंकले जनाएको छ । बैंकका अनुसार परियोजनाले देशभरका १ लाख २० हजार साना किसान परिवारहरु विशेष गरी महिला, युवा, दलित जनजाती, पिछडिएका बर्गाहरुको क्षमता, वित्तिय सेवा र बजार पहुँचमा बृद्धि भई जीविकोपार्जनमा सुधार हुने समेत वैकले जनाएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार