29.1 C
Kathmandu

ओमिक्रोनको चुनौतिबीच पनि १७ हजार पर्यटक, गत वर्षको तुलनामा कति आउलान यो वर्ष ?

काठमाडौं । ओमिक्रोनको चुनौतिबीच पनि एकै महिनामा १७ हजार पर्यटक नेपाल आएका छन् । सन् २०२२ को पहिलो महिना जनवरीमा १७ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार जनवरी महिनामा १७ हजार ९ सय ७५ जना पर्यटक नेपाल आएका हुन् । यो सन् २०२१ को जनवरीमा ८ हजार ८ सय ७४ जनाले नेपाल भ्रमण गरेका थिए ।

नेपाल भ्रमणमा आउनेमध्ये सबैभन्दा बढी भारतीय नागरिक छन् । जनवरीमा ३,९१६ जना पर्यटक भारतबाट नेपाल आए । दोस्रो स्थानमा अमेरिका छ । अमेरिकाबाट ३,२५७ जना पर्यटक नेपाल आए । बेलायतबाट १,८२४ जना पर्यटक भित्रिँदा बंगलादेशबाट १,२३६ जना पर्यटक नेपाल आएका छन् ।

अष्ट्रेलियाबाट १२१३ जना नेपाल आएको तथ्यांक छ । यो वर्ष बंगलादेशबाट आउने पर्यटकको संख्यामा ठूलो वृद्धि देखिएको छ । सन् २०२१ मा जनवरीमा मात्र २६ जना नेपाल आएकोमा यस वर्ष १,२३६ जना पुगेको हो ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका वावजुत पर्यटक आगमनमा भने सरकारले रोक लगाएको छैन । खासगरी कोरोना विरुद्धको खोप लगाएर नेपाल सरकारले तोकेको मापदण्ड पूरा गर्ने पर्यटकलाई नेपाल भ्रमणको अनुमति जारी गरिएको छ । पर्यटकले अनअराइभल भिसा पाउँछन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार