23.1 C
Kathmandu

निगमको वाइडबडी सिचेकमा लैजादा जम्बो टोली जान रोक, नेवानिको ३५ लाख बचत हुने

काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी विमान मर्मतको बाहानामा निलम्बित नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षले आफू निकट कर्मचारी र आसेपासेलाई जहाजको सिचेकका लागि पठाउन लागेको कामलाई पर्यटन मन्त्रालयले रोक लगाएको छ । १७ दिनका लागि डलर भत्तासहित पठाउने योजना संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अस्वीकृत गराएका छन् ।

निगमको वाइडबडी विमान अन्नपूर्ण जहाज नियमित सि–चेक जाँचका लागि विहीबार इन्डोनेसियाको जार्कता पठाइदै छ । उक्त विमान त्यहाको पीटी जीएमएफ एरो एशिसा टीबीकेका प्राविधिकहरुको निगरानीमा १७ दिन रहने छ । सि–चेकका क्रममा जहाज पूर्णतया विदेशी एमआरओ कम्पनीको निगरानीमा रहन्छ ।

तर, निलम्बित कार्यकारी अध्यक्ष अधिकारीले आफ्नो एक दर्जन हाराहारी आसेपासे कर्मचारीलाई दैनिक डलरमा भत्ता, होटल खर्च निगमले व्यहोर्नेगरी पठाउदै गरेको उजुरी परेको थियो । उक्त उजुरीपछि मन्त्री आलेले फजुल खर्च रोकेका हुन । यो निर्णयले कोभिड महामारीका कारण घाटा ब्यहोरीरहेको निगमको ३५ लाख जोगिएको दाबी मन्त्रीको सचिवालको छ ।

निगमका अनुसार, २१ जनाकोे जम्बो टोली इन्डोनेशिया पठाउदा कम्तीमा पनि ५० लाख लाग्दै थियो । निलम्बित अध्यक्ष अधिकारीले २१ जनालाई बिना उद्देश्य भम्रणमा पठाउदा ५० लाख खर्च लाग्ने भएपछि मन्त्रीसमक्ष केही दिनअघि उजुरी परेको थियो । अनावश्यक सङ्ख्यामा कर्मचारी लैजाने निर्णयलाई मन्त्री आलेले रोक लगाएसँगै उक्त रकम बचत भएको हो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार