29.1 C
Kathmandu

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको कहरः फेरि भर्चुलअ पढाइ हुने

काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको कहरका कारण फेरि बैकल्पिक माध्यमबाट पढाइ गर्नुपर्ने भएको छ । सरकारले शिक्षा मन्त्रालयले माघ १५ सम्म विद्यालय बन्द गर्दै वैकल्पिक माध्यमबाट पढाइ जारी राख्ने निर्णय गरेको हो ।

२५ पुसको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेसँगै अब भर्चुअल पढाइ हुने भएको छ ।

२५ पुसमा सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो । भौतिक उपस्थितिका कक्षा बन्द भए पनि अनलाइनलगायत वैकल्पिक माध्यमबाट सिकाइ अभियान सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ ।

देशभरका आधारभूत र माध्यमिक विद्यालय (कक्षा १–१२)मा बिदा दिने निर्णय गरिएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जनाए । मन्त्रालयको निर्णयपछि सीटीईभीटीअन्तर्गतका कक्षा पनि पुस २७ ९मंगलबार० देखि माघ १५ सम्म बन्द हुने भएका छन् ।

विश्वव्यापी कोरोना महामारीका कारण नेपालमा तेस्रोपटक विद्यालय बन्द गरिएको हो । यसअघि शैक्षिकसत्र २०७६ अन्त्यमा विद्यालय बन्द भएका थिए । त्यसकारण २०७७ को शैक्षिकसत्र असारमा मात्रै सुरु गरिएको थियो । २०७७ माघदेखि कोरोना दोस्रो लहरका कारण विद्यालय पुनः बन्द रहे । यो अवधिमा पनि कतिपय स्थानीय तहले भने स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गरेका थिए । शैक्षिकसत्र २०७८ मा दसैं, तिहार र छठपछि मात्र पूर्णरूपमा विद्यालय खुलेका थिए ।

सरकारले साबिकमा चैतमा सकिने शैक्षिकसत्र आगामी वैशाखसम्म लम्ब्याउने तयारी गरिरहेका बेला पुनस् पठनपाठन अवरुद्ध हुन पुगेको हो । त्यसले शैक्षिकसत्रबारे पुनस् अन्योल सिर्जना गरेको शिक्षाकर्मीहरू बताउँछन् । यसअघि लडकाउन र विद्यालय बन्दका कारण परीक्षासमेत प्रभावित हुने गरेका थिए ।

राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षासमेत तोकिएको समयमा सञ्चालन हुन सकेको थिएन । कक्षा १० र १२ को आन्तरिक मूल्यांकन र होम सेन्टरको व्यवस्था गरेर नतिजा प्रकाशित गरिएको थियो ।

यसअघि विश्वविद्यालय तहको पठनपाठन, परीक्षा र शैक्षिकसत्र पनि प्रभावित बनेको थियो । मन्त्रालयले यसपटक विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गरी सञ्चालन गर्न निर्देशन दिएको छ ।

त्रिभुवन विश्वविद्यालयले हिउँदे बिदा दिए पनि स्नातकोत्तर, स्नातक तहका कतिपय कक्षाका परीक्षा सञ्चालन भइरहेका छन् भने केही क्याम्पसमा पठनपाठन जारी छ । सीसीएमसीले विश्वविद्यालय तहका परीक्षा नरोक्न सिफारिस गरेको थियो ।

विद्यालय बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन मन्त्रालयले विज्ञप्ति जारी गरेर अनुरोध गरेको छ ।

विद्यालय बन्द रहे पनि अललाइन, रेडियो, टेलिभिजन, टेलिफोन, प्रिन्टलगायत सिकाइ सामग्री, पाठ्यपुस्तकको सहयोगले सिकाइलाई निरन्तरता दिन सकिने विज्ञहरूले बताएका छन् । विगतमा विद्यालय बन्द हुँदा कतिपय पालिका र विद्यालयमा शिक्षकले सानो–सानो समूह बनाएर तथा घरदैलो गरेर पनि विद्यार्थीलाई सहजीकरण गरेका थिए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार