26.1 C
Kathmandu

नेपालमा सामसुङ टेलिभिजनको उत्पादन सुरु

परासी/ नेपालमा सामसुङ टेलिभिजनको उत्पादन सुरु हुने भएको छ। रामग्राम नगरपालिका-११ मा रहेको गोल्छा ग्रुप कप्पनीबाट टेलिभिजन उत्पादन सुरु गरिएको हो।

गोल्छा ग्रुपसँगको सहकार्यमा सामसङ टेलिभिजनको उत्पादन सुरू भएको हो।बुधबार एक कार्यक्रमकावीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र सामसुङका दक्षिण पश्चिम–एशियाका अध्यक्ष जेबी पार्कले संयुक्तरूपमा टेलिभिजन उत्पादनको उद्घाटन गरे ।

हिम इलेक्ट्रोनिक्ससँगको साझेदारमा उत्पादन सुरु गरिएको टेलिभिजन ३२ देखि ८५ इन्च सम्मका छन्। टेलिभिजनमा उत्पादनमा प्रत्यक्ष १ हजारले रोजगारी पाउने र हालः ४ सय जनाबाट उत्पादन सुरु गरिएको गोल्छा ग्रुपका प्रबन्धक निर्देशक शेखर गोल्छाले जानकारी दिए।

सामसङले नेपाली जनतासँग २ दशकभन्दा बढी समयदेखि एउटा बलियो सम्बन्ध गाँसेको सामसङ दक्षिण–पश्चिम एशियाका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत जे बि पार्कले बताए।उनले भने, हाम्रो साझेदार हिम इलेक्ट्रोनिक्ससँगको यो नयाँ टेलिभिजन कारखानाले नेपालसँग हाम्रो सम्बन्धलाई अझ मजबुत बनाउनेछ र स्थानीय उद्योगलाई सशक्त बनाउन हामीले गरिरहेको कार्यको यो एक अर्को उदाहरण हो । सामसङले यहाँका जनताहरूलाई रोजगारीका अवसरहरू समेत उपलब्ध गराउने उनको भनाइ थियो ।

स्वदेशमै टेलिभिज उत्पादन गर्ने कार्यले देशको अर्थतन्त्रमा सकारात्मक सन्देश दिने गोल्छा ग्रुपका प्रबन्ध निर्देशक शेखेर गोल्छाले बताए।

उद्घाटन समारोहमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुक, सामसङ इलेक्ट्रोनिक्सका नेपाल प्रमुख सुङ जुन पार्क लगायत अन्य स्थानीय अधिकारीहरूको उपस्थिति थियो।

सामसङले नेपालको बजारमा आफ्नो साझेदारसँग मिलेर हाल उपभोग्य इलेक्ट्रोनिक्स उत्पादनहरु जस्तैः रेफ्रिजेरेटर, वासिङ मेशिन, माइक्रोवेभ्स, र स्मार्टफोन बिक्री–वितरण गर्दै आएको छ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार