29.1 C
Kathmandu

अहिले हाम्रो अर्थतन्त्र डिजिटाइजेसनमा गएको छ: गभर्नर अधिकारी

काठमाडौँ / कोभिडको असरपछि नेपाली अर्थतन्त्रमा परिर्वतन ल्याएको बताउँदै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले नेपाली अथृत्न्त्र डिजिटाइज हुँदै गएको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले बुधबार आयोजना गरेको तेस्रो संस्करणको कान्तिपुर इकोनोमिक समिट-२०२३ मा बोल्दै अधिकारीले यस्तो धारण व्यक्त गरेका हुन ।

कोरोना संक्रमण अघि नेष्पालमा फिजिकल क्यासको अर्थतन्त्र निकै उल्लेख्य भएको बताउँदै भिर्नर अधिकारीले कोभिडपछि यसमा निकै परिवर्तन आएको बताए । हाल आरटीजीएसबाट महिनामा ४२ खर्ब रुपैयाँसम्म कारोबार भइरहेको बताउँदै उनले भने, अहिले हाम्रो अर्थतन्त्र डिजिटाइजेसनमा गएको छ ।

डिजिटल प्ल्याटफर्म कनेक्ट आईपीएसबाट १ महिनामा पचासौं अर्ब रुपैयाँ कारोबार भइरहेको बताउँदै उनले क्यूआरबाटै २२ अर्ब रुपैयाँ कारोबार हुने गरेको बताए ।

अर्थतन्त्र डिजिटलाइजेसन तर्फ अग्रसर बन्दा यसले करेन्सी इन सर्कुलेसन डेढ वर्षको अवधिमा १ खर्बले घटेको गभर्नर अधिकारीको भनइ छ । हामीले बजारमा अघि पठाउने गरेको जत्ति रकम थियो, त्यो निकै घटेको छ, उनले भने, यसको अर्थ त्यो रकम राष्ट्र बैंकमा फर्किएको छ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार