29.1 C
Kathmandu

अक्टोबर महिनामा पर्यटक आगमनमा रेकर्ड बन्यो

काठमाडौं। बर्खायामको समाप्ति सँगै नेपाल आउने  पर्यटकको संख्यामा उत्साहजनक वृद्धि भएको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार इतिहासमै पहिलोपटक अक्टोबर महिनामा १ लाख १७ हजार ३ सय ६ विदेशी पर्यटक नेपाल आएका भित्रिएका छन्।।

बोर्डका निर्देशक मणिराम लामिछानेका अनुसार यसअघि सन् २०१९ मा सबैभन्दा बढी १ लाख १३ हजार ८ सय १६ पर्यटक नेपाल भित्रिएका थिए। यो बर्षको अक्टोबरमा नेपाल आउने पर्यटक संख्याले हालसम्मको रेकर्ड नै ब्रेक गरेको हो।‘पर्यटक आगमन तथ्यांक हेर्दा उत्साजनक देखिएको छ,’ निर्देशक लामिछानेले भने, ‘कोभिडअघिकै अवस्थामा पर्यटक आगमन संख्या वृद्धि भइरहेको छ।’

यो संख्यामा अक्टोबर र नोभेम्बर महिनामा स्थलमार्ग हुँदै नेपाल आउने पर्यटक समावेश गरिएको छैन । स्थलमार्ग हुँदै आएका पर्यटकको संख्या पनि जोड्दा पोहोरको ११ महिनाको तुलनामा यो वर्ष नेपाल आउने पर्यटकको संख्या २३ प्रतिशतले बढ्ने बोर्डले जनाएको छ ।

तथ्यांकअनुसार २०२३ को १० महिनामै ८ लाख ९ हजार ६ सय ६८ पर्यटक नेपाल आएका छन्। अक्टोबरमा नेपाल भ्रमणमा आएका पर्यटकमध्ये सबैभन्दा बढी भारतीय छन्। भारतबाट आएको पर्यटक संख्या १८ हजार ४ सय ८० छ भने गएको ११ महिनामा २ लाख ६० हजार एक सय २४ भारतिय पर्यटक नेपाल आएका छन् ।

यसैगरी दोस्रोमा अमेरिकाबाट १४ हजार ८ सय ७९ आएका छन भने बेलायतबाट ८ हजार २ सय ७१ आएका छन्। त्यस्तै नेपाल आउनेमध्ये चिनियाँ पर्यटक पनि उल्लेख्य छन् । अक्टोबरमा चीनबाट ६ हजार ८ सय ८०, अस्ट्रेलियाबाट ६ हजार ७५ र जर्मनीबाट ५ हजार ९ सय १६ पर्यटक आएका छन्।

नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय रहेका छन् ।  गएको ११ महिनामा १ लाख ३४ हजार ३ सय ६२ चिनियाँ पर्यटक नेपाल घुम्न आएको पर्यटन बोर्डले जनाएको छ।

सन् २०२३ को अक्टोबर महिनामा नेपाल भित्रिएका बिभिन्न देशका पर्यटकको संख्याः

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार