काठमाडाैं । गत आर्थिक वर्ष २०७९/८० मा नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले ७० अर्ब ९ करोड रुपैयाँ नाफा कमाएका छन् । वाणिज्य बैंकहरूले गत वर्ष कमाएको यस्तो नाफा अघिल्लो वर्ष २०७८/७९ को तुलनामा ११ अर्ब ८७ रुपैयाँले बढेको छ । गत वर्ष वाणिज्य बैंकहरूले कमाएको यस्तो नाफा ५८ अर्ब २२ करोड रुपैयाँ थियो । गत वर्ष तुलनामा वाणिज्य बैंकहरूले कमाएको यस्तो नाफा अघिल्लो वर्षको तुलनामा २०.३८ प्रतिशतले बढी हो ।
गत वर्ष बैैंकहरूले कमाएको यस्तो नाफाबाट बाँड्न मिल्ने अर्थात वितरणयोग्य नाफा नै ३२ अर्ब ११ करोड रुपैयाँ रहेको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको गत वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार कुमारी र हिमालयन बैंकको नाफा वितरण क्षमता शून्य रहेको छ । अन्य बैंकहरूले सबैले धेरथोरै नाफा बाँड्न सक्ने अवस्था देखिएको छ ।
तथ्याक अनुसार सबैभन्दा बढी नाफा बाँड्न सक्ने बैंकमा एभरेष्ट बैंक रहेको छ । यो बैैंकले गत वर्षको नाफाबाट ४ अर्ब ३३ करोड रुपैयाँ नाफा मात्रै बाँड्न सक्ने क्षमता देखिएको छ ।
यो बैैंकले यस्तो नाफा बाँड्नको लागि गत वर्ष अन्य २१ वटा वाणिज्य बैंकहरूको तुलनामा सबै भन्दा बढी हो । यो बैंकको यस्तो वितरणयोग्य नाफा ४०.५ प्रतिशत देखिएको छ ।
गत वर्षको नाफाबाट सबैभन्दा कम वितरण गर्नेमा भने नेपाल एसबीआई र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । यी दुई बैंकको वितरणयोग्य नाफाको क्षमता जम्मा ०.४६ प्रतिशत मात्रै छ ।
गत वर्ष सबैभन्दा बढी नाफा कमाउने नबिल बैैंकको वितरणयोग्य नाफाको क्षमता १४.६४ प्रतिशत मात्रै छ । यो बैंकले गत वर्ष ७ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफाबाट नबिलले ३ अर्ब ९६ करोड रुपैयाँ वितरण गर्ने क्षमता बनाएको छ ।
गत वर्षको नाफाबाट ३१.९९ प्रतिशत वितरण योग्य नाफा बाँड्ने क्षमता बनाएको एनआईसी एसिया बैंक पनि अब्बलको सूचीमा परेको छ । यो बैंकले भने गत वर्ष पनि नाफा वितरण गर्न नपाएकोले यसको नाफा वितरण क्षमता यो वर्ष उच्च देखिएको हो । यो बैंकले ४ अर्ब ६५ करोड रुपैयाँ नाफाबाट ३ अर्ब ६९ करोड रुपैयाँ वितरण गर्ने क्षमता बनाएको छ ।
कुन बैंककाे नाफा र वितरणयाेग्य लाभांश कति ?
बैंकहरुको विवरण | नाफा (रू.करोडमा) | वितरण योग्य नाफा (रू. कराेडमा) |
एनआइसी एशिया | 465 | 369 |
एनएमबि | 341 | 150 |
एभरेष्ट | 339 | 433 |
कुमारी | 195 | 0 |
कृषि विकास | 309 | 200 |
ग्लोबल आइएमइ | 725 | 295 |
नबिल | 752 | 396 |
नेपाल इनभेष्टमेन्ट मेगा | 429 | 15 |
नेपाल एसबीआई | 224 | 15 |
नेपाल बैंक | 341 | 97 |
प्रभु | 282 | 16 |
प्राइम कमर्सियल | 226 | 20 |
माछापुच्छ्रे | 185 | 156 |
राष्ट्रिय वाणिज्य | 491 | 181 |
लक्ष्मी सनराइज | 226 | 193 |
सानिमा | 261 | 220 |
सिटिजन्स | 221 | 103 |
सिद्धार्थ | 319 | 79 |
स्ट्याण्डर्ड चार्टर्ड | 352 | 273 |
हिमालयन | 326 | 0 |
कुल | 7009 | 3211 |