26.1 C
Kathmandu

एमालेद्वारा मंगलबारको प्रतिनिधिसभाको बैठक अवरुद्ध

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले मंगलबारको प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध गरेको छ । सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले संसद् अवरुद्ध गर्दै आइरहेको छ । मंगलबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदहरुको प्रश्नको जबाफ दिएपछि एमाले संसदहरुले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका हुन ।

सभामुख देवराज घिमिरेले नियमित कार्यसूचीलाई अगाडि बढाउनका लागि सहयोग गर्न आग्रह गरेका थिए । तर एमालेका सांसदहरूले नाराबाजी गरेपछि संसद्को बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ ।

सरकारले सुन तस्करीको विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन समितिको आवश्यकता नरहेको बताइसकेको छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार