23.1 C
Kathmandu

ट्रेजरी बिल मार्फत् २४ अर्ब ७० करोड रुपैयाँ उठाउने तयारी

काठमाडौँ / सरकारले २४ अर्ब ७० करोड रुपैयाँ आन्तरिक ऋण उठाउन सूचना जारी गरेको छ । सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको थियो । उक्त लक्ष्यलाई तीन चरणमा गरेर उठाउने सरकारको तयारी अनुसार आन्तरिक ऋण उठाउन लागेको हो ।

आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले सोमबार सूचना निकालेको छ । उक्त सूचना अनुसार १५ अर्ब २० करोड रुपैयाँ बराबरको परिपक्व अवधि पूरा भएको पुरानो ट्रेजरी बिलको नवीकरण रहेको छ भने बाँकी ९ अर्ब ५० करोड रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्न लागिएको उल्लेख गरिएको छ । राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल वितरण गर्ने बताइएको छ ।

सरकारले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात माघदेखि चैतसम्ममा ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ । यो आर्थिक वर्षको दोस्रो त्रैमासमा ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको सरकारले तेस्रो त्रैमासमा थप ८८ अर्ब रुपैयाँ उठाएको हो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार