26.1 C
Kathmandu

अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउन सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्छः अर्थमन्त्री महत

काठमाडौँ / अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या र अप्ठ्यारा हटाउन निजी क्षेत्र र सरकार मिलेर अगाडी बढ्नु पर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीसँगको भेटमा अर्थमन्त्री महतले यस्तो भनाइ राखेका हुन ।

सोमबार भएको उक्त भेटवार्ता पछि अर्थमन्त्री महतले अर्थतन्त्रमा देखिको नकरात्मक प्रभावले निजी उद्योगी व्यवसायीहरुमा अप्ठ्यारो अवस्था सिर्जना भएको बताउँदै सुधार गर्न सकिने अवस्था रहेको भन्दै सरकार र निजी क्षेत्र मिलेर काम गर्नु पर्ने बताए । उनले भने हामी केही नहुने अवस्थामा हामी पुगिसकेका छैनौं, अप्ठ्यारा र व्यवधान छन्, मिलेर व्यवधान हटाउन पहल गर्नुपर्छ ।’

उद्योगी र बैंकहरुले एकअर्कालाई सहयोग गर्नुपर्ने बताउँदै अर्थमन्त्री महतले भने, महासंघको नेतृत्व बैंकरको हातमा पुगेको छ, देशको अर्थ व्यवस्थाबारे जानकार हुनुहुन्छ, समाधान गर्ने पहल गरौं’ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार