29.1 C
Kathmandu

महासङ्घको २० औं अध्यक्षमा चन्द्रप्रसाद ढकाल

काठमाडौँ/ नेपाल उद्योग वाणिज्य महासङ्घको २० औं अध्यक्षमा चन्द्रप्रसाद ढकालले सपथ लिएका छन्। महासङ्घको ५७ औं साधारणसभा र निर्वाचन सकिएसँगै वरिष्ठ उपाध्यक्ष रहेका ढकाल विधानमा भएको व्यवस्था अनुसार स्वतः अध्यक्ष बनेका हुन् ।

महासङ्घका वर्तमान अध्यक्ष शेखर गोल्छाले नव नियुक्त अध्यक्ष ढकाललाई पद तथा गोपनियताको सपथ खुवाएका थिए । अध्यक्ष ढकाल २०७७ सालमा सम्पन्न महासंघको चुनावबाट ढकाल वरिष्ठ उपाध्यक्षमा चयन भएका थिए ।

अध्यक्ष पदको सपथ लिए लगत्तै ढकालले आगामी दिनमा महासंघको छवि अझै उच्च बनाउन आफू कठिबद्ध रहने बताए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार