26.1 C
Kathmandu

विवादास्पद सांसद पाण्डेलाई राप्रपाले लेखा समितिमा पठायो

काठमाडौँ /राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सांसदहरूलाई संसदीय समितिमा बस्ने आफ्ना सांसदहरूको नामावली सोमबार प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श शाखामा पठाएको छ ।  

संसदीय समितिमा निकै महत्वपूर्ण मानिएको लेखा समितिमा राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देन र विक्रम पाण्डेको नाम सिफारिस गरेको छ । 

सार्वजनिक लेखा समितिले सरकारी आयोजनामा हुने अनियमिततामाथि पनि छानबिन गर्ने गर्दछ । तर त्यस्तो समितिमा नै राप्रपाले अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएका सांसदलाई पठाएको हो ।

राप्रपा उपाध्यक्ष तथा सांसद पाण्डे कालिका कन्स्ट्रक्सन प्रालिका प्रमुख हुन । उनी सहित  २१ जनालाई सिक्टा सिँचाइ आयोजनामा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा परेको थियो । उक्त मुद्दामा विशेष अदालतले उनलाई सफाइ दिने फैसला सुनाएको थियो । यो फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

प्रतिनिधिसभा नियमावलीमा स्वार्थ बाझिने गरी सांसदहरूलाई समितिमा नपठाउने व्यवस्था उल्लेख छ । तर राप्रपाले विवादास्पद सांसद विक्रम पाण्डेलाई सांसदको सार्वजनिक लेखा समितिमा सिफारिस गरेको छ ।  

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार