26.1 C
Kathmandu

महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध

काठमाडौँ /  दोस्रो चरणको निर्वाचन तयारी हुँदै गर्दा वरिष्ठ उपाध्यक्ष पदमा सहमति जुटेपछि नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । पहिलो चरणको निर्वाचनमा तीनजना मध्यै कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत ल्याउन नसकेपछि दोश्रो चरणको निर्वाचनको तयारी भएको थियो ।

वरिष्ठ उपाध्यक्षमा उठेका अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ तथा रामचन्द्र संघईमध्ये पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत कटाउन सकेनन । महासंघको विधान अनुसार पहिलो चरणमा बढी मत प्राप्त गरेका अञ्जन र उमेशबीच दोस्रो चरणमा निर्वाचन गराउने तयारी भएको थियो । तर निर्वाचनको तयारी हुँदै गर्दा दुवै उम्मेदवारवीच सहमति जुटेपछि अञ्जन श्रेष्ठ उपाध्यक्षमा निर्विरोध भएका हुन ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार