23.1 C
Kathmandu

१५ प्रतिशत महंगो भएपनि नेपाली वस्तु नै प्रयोग गर्ने नीति आवश्यक : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भण्डारीले स्वदेशी वस्तुको खपत बढाउन सरकारले सार्वजनिक निकायका लागि लागू गरेको १५ प्रतिशतसम्म महँगो भए पनि खरीद गर्नुपर्ने नीति लिनुपर्ने बताइन् ।

सार्वजनिक निकायले सकेसम्म स्वदेशी वस्तु नै खरीद गर्नुपर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयनमार्फत हस्तकला क्षेत्रलाई संरक्षण र सम्बद्र्धन गर्न सकिने धारणा राखिन ।

नेपाली हस्तकलाका उत्पादनहरु मौलिक र सजिलै अरुले नक्कल गर्न नसकिने खालका रहेकाले यसको संसारभर विशिष्ठ महत्व रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले यसको उत्पादन कलालाई पुस्तान्तरण गरिनुपर्ने बताइन्

मुलुकको चुलिँदो व्यापारघाटा नियन्त्रणका लागि हस्तकला व्यवसायको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताउनु भएको बताएकी छिन ।

हस्तकला क्षेत्रले नेपालकै स्रोतसाधनको उपयोग गर्दै निकासी गरी विदेशी मुद्रा आर्जन गर्ने भएकाले यसलाई तुलनात्मक लाभको क्षेत्र मान्नुपर्ने उनको भनाइ छ । हस्तकला क्षेत्रलाई राज्यले संरक्षण गर्नुपर्ने आवश्यकता रहेको राष्ट्रपति भण्डारीको औल्याएकी छिन ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार