23.1 C
Kathmandu

प्याराग्लाइडिङ उडानमा व्यवसायीको दबाबपछि प्राधिकरण गल्यो, प्रतिबन्ध लागेको १ सातामै हट्यो

काठमाडौं । प्याराग्लाइडिङ उडानमा लागेको प्रतिवन्ध एक साता नपुग्दै हटेको छ । व्यवसायीको दबाबपछि प्राधिकरण गलेको छ भने अध्ययन समिति गठन बनेको एक सातामै प्रतिबन्ध हटेको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले प्याराग्लाइडिङ उडानमा लगाएको प्रतिबन्ध खुल्ला गरेको छ ।

शुक्रबार बेलुका प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले ५ वटा सर्त सहित प्याराग्लाडिङ उडानमा लगाएको प्रतिबन्ध खुल्ला गर्ने निर्णय गरेका हुन् ।

विदेशी मुद्रा आर्जन हुने पर्यटकिय सिजनको मुखमा प्राधिकरणले हचुवाका भरमा देश भरका प्याराग्लाडिङ उडानमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको भन्दै व्यवसायीहरु असन्तुष्ट थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशकहरुले पनि एउटा दुर्घटना भएको आधारमा देशभरका प्याराग्लाडिङ उडानमा रोक लगाउने निर्णय उपयुक्त नभएको भन्दै आलोचना भएको थियो ।

गत असोज ३० गते पोखरामा त्रिभुवन आर्मी क्लबमा खेलाडी निसिम थापाको प्याराग्लाइडिङ अवतरणका क्रममा मृत्यू भएपछि प्राधिकरणले देशभरका प्याराग्लाडिङ उडान अनिश्चितकालका बन्द गरेको थियो ।

३० गते नै प्राधिकरणले प्याराग्लाडिङको सुरक्षा मापदण्डका कस्तो हुनु पर्ने भन्ने विषयमा अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डे नेतृत्वको ७ सदस्यीय समिति गठनसमेत भएको छ ।

अध्ययन समितिमा सदस्य समेत रहेका नेपाल हवाई खेलकुद संंस्थाका अध्यक्ष सुनिल भट्टराईले ५ वटा सर्त पूरा गरेर प्याराग्लाडिङ सञ्चालन गर्न मिल्ने गरी प्राधिकरणले निर्णय गरेको जानकारी दिए ।

नेपाल हवाई खेलकूद संघले भने शनिबार कार्य समिति, पाइलट र व्यवसायी बीच छलफल गरेर उडान शुरु हुने भएको छ । प्राधिकरणले हाललाई व्यवसायीक बाहेकका कुनै पनि एकल उडान गर्न नपाइने, नेपाल हवाई खेलकुद संंस्थाबाट प्याराग्लाडिङ उडानको लाइसेन्स लिएका पाइलटले मात्रै यात्रुलाई सेवा दिनेशर्त तोकिएको छ ।

व्यवसायीक उडान गर्ने पाइलटका लागि कम्पनीको नाम खुल्ने ड्रेस कोड अनिवार्य गरिने, १५ दिन भित्र संघबाट प्याराग्लाडिङ उडानको लाइसेन्स लिएका सबै पाइलटले प्राधिकरणले तोकेको मेडिकल लेभल २ र साइकोएक्टिभ अवस्थाको समेत परिक्षण गर्ने शर्त तोकिएको छ ।

१५ दिन भित्र प्याराग्लाडिङमा प्रयोग हुने सबै उपकरणहरु उडान गर्न योग्य रहेको विषय समेत प्रमाणित गर्नु पर्ने, प्याराग्लाडिङ उडाउने पाइलटले हरेक वर्ष उडान सुरक्षा सम्बन्धी एसआईभी (सेफ्टी कोर्स) गर्नु पर्ने र प्याराग्लाडिङको लाइसेन्स लिनु भन्दा पहिला एक पटक एसआईभी कोर्स गर्नुपर्ने शर्त तोकिएको छ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार