23.1 C
Kathmandu

खुला भएको साढे ३ महिनापछि शुक्रबारको कारोबार सधैलाई बन्द, १५ कारोबारमा १२ दिन घट्यो मात्रै

काठमाडौं । शेयर बजारमा शुक्रबार कारोबार खुला भएको साढे ३ महिनापछि सधैलाई बन्द भएको छ । ३१ भदौको अन्तिम कारोबारका दिनसमेत घटेको शेयर बजार अबको सातादेखि कारोबार नै नहुने भएको छ ।

सरकारले १ जेठदेखि आइतबार विदा दिन थालेपछि शुक्रबार खुला भएको थियो । आइतबार बन्द हुने उक्त कारोबार १ असारदेखि विदा कटौतिहुँदा समेत शुक्रबारको कारोबार भने जारी थियो । यस्तो कारोबार सधैको शुक्रबार बजार घट्ने मात्रै भएको छ ।

अहिलेसम्म शुक्रबार भएको १५ कारोबारमा तीन दिनमात्र बजार बढेको छ। कारोबार रकमका हिसाबले पनि शुक्रबार घट्ने मात्रै भएको छ ।

कुन शुक्रबार बजार कस्तो?

जेठ ६ गते शुक्रबारको पहिलो कारोबारमा सेयर बजार १५.८२ अंकले घटेको थियो।

जेठ १३ गते शुक्रबार १४.८२ अंकले घटेको थियो।

जेठ २० गते शुक्रबार ३३.७६ अंकले घटेको थियो।

जेठ २७ शुक्रबार १४.६४ अंकले घटेको थियो।

असारको ३ गते शुक्रबार ७.५७ अंकले घटेको थियो।

असार १० गते शुक्रबार भने १३.७८ अंकले बढेर बजार १८६२.०६ बिन्दुमा पुगेको थियो। असार १७ गते शुक्रबार ८.८७ अंकले घटेर सेयर बजार २०२८.७७ बिन्दुमा पुगेको थियो।

असार २४ गते शुक्रबार ३४.७१ अंकले घटेर बजार १९९२.६१ बिन्दुमा झरेको थियो।

असार ३१ गते शुक्रबार ७.९३ अंकले बढेर बजार २००९.४६ बिन्दुमा पुगेको थियो।

साउन ६ गते शुक्रबार २७.२६ अंकले घटेर बजार २०१७.४६ बिन्दुमा झरेको थियो।

साउन १३ गते शुक्रबार १२.९२ अंकले बढेर बजार २१४०.३९ बिन्दुमा पुगेको थियो।

साउन २० गते शुक्रबार ३४.८५ अंकले घटेर बजार २११३.३० बिन्दुमा झरेको थियो।

भदौ १० गते शुक्रबार शुक्रबार १६.९३ अंकले घटेर बजार २०२२.६२ बिन्‍दुमा झरेको थियो।

भदौ १७ गते शुक्रबार १.६७ अंकले घटेर बजार १९७०.६२ बिन्दुमा झरेको थियो।

भदौ ३१ गते शुक्रबार १४.१० अंकले घटेर बजार १९१०.३८ बिन्दुमा झरेको छ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार