26.1 C
Kathmandu

साढे तीन वर्षदेखि रोकिएको पीपीए खुल्ने, १५ सय मेगावाट क्षमतालाई अनुमित दिन प्राधिकरण तयार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले साढे तीन वर्षदेखि रोकेको विद्युत व्यापार सम्झौता ( पीपीए) खुल्ने भएको छ । प्राधिरकणले १५ सय मेगावाट क्षमताका नदी प्रवाही (आरओआर)का आयोजनालाई अनुमित दिन प्राधिकरण तयार भइको हो ।

आरओआरआयोजनाको विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) खुला गर्ने तयारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)सँगको भेटमा पीपीए खुला हुन लागेको बताए ।

घिसिङले पीपीए खुलाउन आवश्यक अध्ययन सकेर प्राधिकरणको सञ्चालक समितिको बैठकमा पेश गरिसकेको जानकारी दिएको इप्पानको भनाइ छ ।

प्राधिकरणको आगामी बोर्ड बैठकले उक्त पीपीए खुला गर्ने सम्बन्धि विषयमा आवश्यक छलफल गरेर निर्णय लिने जानकारी दिएको इप्पानका प्रवन्धक महेश विष्टले आइतवार जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्राधिकरणले अब आरओआरको पीपीए क्यु ४० को डिजाइन हुने गरी खोल्न लागिएको इप्पानले बताएको छ । कुनै जलविद्युत् उत्पादकले क्यु २५ मा जाने इच्छा देखाए प्राधिकरणले स्वीकृति दिने भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

इप्पानले जलबिद्युत आयोजनाको विकास, सर्वेक्षण एवम् उत्पादन अनुमतिपत्र निर्देशिका तथा विद्युत खरिद बिक्री सम्झौतामा अवलम्बन गर्नुपर्ने नीतिगत ब्यवस्था सम्बन्धी प्रतिबेदन, २०७९ ले विगत साढे तीन बर्षदेखि रोकिएको यस्तो पीपीए खुला गर्न लागेको पनि इप्पानले बताएको छ ।

उक्त प्रतिवेदनले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) खुला गर्ने ब्यवस्था गरे पनि अहिलेसम्म नभएको गुनासो इप्पाले गरेको छ ।

उक्त प्रतिवेदन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीस्तरीय निर्णयबाट पारित भएको करिब डेढ महिना भइसकेको छ । तर, प्राधिकरणले अहिलेसम्म पीपीएको कार्य सुरु नगर्दा अन्योलताको अवस्था सिर्जना भएको इप्पानको पत्रमा उल्लेख छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार