23.1 C
Kathmandu

बीमा कल्पनामा चल्दैमा यथार्थमा हुन्छ, २ प्रतिशत लघु र ४० प्रतिशतको बीमा पहुँचलाई बढाउनुपर्छ

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले बीमा कल्पनामा नचल्ने र यथार्यमा हुनुपर्ने बताएका छन् । उनले नेपालमा भर्खर २ प्रतिशत मात्रै लघुबीमा र कुल जनसंख्याको ४० प्रतिशतमा मात्रै बीमा पहुँच पुगेकोले यसलाई बढाउन आवश्यक रहेको बताए ।

अध्यक्ष सिलवालले बीमाको पहुँच र दायार दुबै बढाउन लघु बीमा इजाजत खुला गरेको बताए । सरकारले सातैवटा प्रदेशमा लघु बीमा एकएकवटा स्थापन गर्ने गरी इजाजत खुलाएको छ । यसका लागि आवेदन दिने कम्पनीमध्येबाट उपयुक्त मूल्यांकनका आधारमा लघु बीमाको इजाजत बाँडिने स्पष्ट बीमा समितिले पारेको छ ।

बीमा समितिले एकातर्फ भएका बीमा कम्पीलाई मर्जरमा लगिरेहो छ भने अर्कोतर्फ बीमाकै लाइसेन्स बाँड्नुलाई चलखेलको रुपमा हेरिएको भन्दै गुनासो बढेपछि बीमा समितिले सोमबार पत्रकार सम्मेलन आयोजना गरेर उक्त विषयमा औपचारिक धारणा राखेको हो ।

समितिले बीमा कम्पनीलाई आगामी चैतभित्र पुँजी बृद्धि गर्न समय दिएको र त्यसका लागि असार मसान्तभित्रै उपयुक्त योजना पेश गर्न भनिएको थियो । सोही योजना अनुसार नै बीमा कम्पनीहरु मर्जर भएका हुन भने बीमा समितिले बाध्य नपारेको स्पष्टिकरण पनि सिलवालले दिए ।

उनका अनुसार तोकिएको चुक्ता पुँजी पुर्याउने सजिलो बाटो बीमा कम्पनीले मर्जरबाट पूरा गरेको बुझााइ पनि सिलवालको छ । उनले अहिले ल्याएको लघु वीमाको इजाजत प्रदान भने २ प्रतिशतको लघु र ४० प्रतिशतको बीमाको पहुँचलाई बढाउन ल्याएको पनि बताए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार