24.1 C
Kathmandu

बैंकमा पैसाको बाकस रित्तै, ५ वर्षदेखि साउनमै किन घट्छ निक्षेप ?

काठमाडौं । हरेक वर्ष साउनमा बैंकहरुमा पैसाको बाकस रित्तै हुने गरेको छ । यस्तो क्रम यो वर्षको साउनमा पनि दोहोरिएको छ ।

पछिल्लो ५ वर्षदेखि वाणिज्य बैैंकहरूको निक्षेप निरन्तर ओरालो लागेको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/७६ देखि वाणिज्य बैंकहरूमा साउनमा वर्षेनी निक्षेप घटेको छ ।

आर्थिक वर्ष २०७५/७६ को साउनमा १५ अर्बले घटेको निक्षेप आर्थिक वर्ष २०७६/७७ मा २३ अर्ब रुपैयाँले घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा ८ अर्बले मात्रै घटेको यस्तो निक्षेप गत आर्थिक वर्ष २०७८/७९ मा भने ७८ अर्बले घटेको छ ।

चालू आव २०७९/८० को साउनमा पनि १३ अर्ब रुपैयाँले निक्षेप घटेको देखिएको छ । यस्तो तथ्यांक अनुसार भदौ ३ देखि १० गतेसम्मको एक सातामा बैंकहरूमा निक्षेप संकलन स्थिर रहेको छ ।

३ भदौमा ४४ खर्ब २६ अर्ब रुपैयाँ पुगेको निक्षेप संकलन १० भदौमा आइपुग्दा सोही नै अंकमा स्थिर रहेको छ । भदौ ३ देखि १० सम्मको पछिल्लो एक साताको अवधिमा भने बैंकहरूले २ अर्ब रुपैयाँले भने कर्जा प्रवाह बढाएका छन् । यो अवधिमा ४१ खर्ब ७८ अर्ब रुपैयाँको तथ्यांक बढेर ४१ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार