29.1 C
Kathmandu

अब हेलिकप्टरमा क्याप्टेन अभाव हुने, दुई पाइलट अनिवार्यले वायुसेवाको लागत बढ्ने

काठमाडौं । हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको नयाँ व्यवस्थाले हेलिकप्टरमा अव क्याप्टेन अभाव हुने भएको छ । हेलिकप्टरमा दुई जना पाइलट अनिवार्य गरेपछि हेलिकप्टर कम्पनीमा भइरहेका क्याप्टेन पनि एउटै हेलिमा सवार हुनुपर्ने भएकोले हेलिकप्टरमा पाइलट पनि अभाव हुने भएको छ ।

प्राधिकरणले भीआईपीको हेलिकप्टर उडानमा २ जना पाइलट अनिवार्य गर्न निर्देशन दिएको छ । उडान सुरक्षालाई थप सुदृढीकरण गर्न तथा उडान सञ्चालन कार्यलाई थप व्यवस्थित बनाउन आइतबार ६ बुँदे निर्देशन दिंदै प्राधिकरणले यस्तो निर्देशन दिएको हो । यो निर्देशनपछि हेलिप्टरलाई थप पाइलट आवश्यक पर्ने पनि वायुसेवा सञ्चालक संघको भनाइ छ ।

प्राधिकरणले आइतबार एक प्रेश विज्ञप्ति जारी गर्दै नेपाल सरकारले तोकेको विशिष्ट व्यक्ति (भीआईपी)को उडानमा दुई जना हेलिकप्टर पाइलट अनिवार्य राख्न भनेको छ ।

हेलिकप्टरको प्रत्येक उडान पूर्व प्रयोग गर्ने गरी उडान सुरक्षा जोखिम मूल्यांकन र जोखिम न्यूनीकरणका लागि एक स्वचालित प्रणाली सञ्चालनमा ल्याउन वायुसेवा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

हेलिकप्टर उडान सुरक्षालाई सवलीकरण गर्न मौसमी अवस्था, उडान अवधि, हेलिकप्टर पाइलटको अनुभव, भौगोलिक अवस्था तथा अन्य अवस्थालाई समेत मध्यनजर गरी यस्तो प्रणालीबाट हरेक उडानको सुरक्षा सवलीकरणको व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

हेलिकप्टरमा दुई जना पाइलट राख्नुपर्ने प्राधिकरणको निर्णयलाई कार्यान्वयन गरी स्वदेशी पाइलटहरुको उत्पादन गर्ने आत्मनिर्भता सहितको उड्डयन सुरक्षा सुदृढीकरण गर्न प्रत्येक हेलिकप्टर कम्पनीले बढीमा ३ वर्षभित्रमा पाइलट तयार पार्न प्राधिकरणले स्वीकृत गरेको संख्या बमोजिम पाइलट पदपूर्ति गर्ने व्यवस्था मिलाउन भनेको छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार